Authors-image

Man Bdr. Bohara

Writer

Most Recent posts

img
नेपाल पर्यटन पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशनद्धारा नयाँ नेतृत्व चयन

पर्यटनको 'बीट'मा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको हालै सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनले पत्रकार धनिराम शर्मा (ऋतुविचार) को अध्यक्षतामा केन्द्रीय समिति सर्वसम्मतीले निर्वा्चित गरेको हो ।

by Man Bdr. Bohara | Sep 22
img
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् । शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिहरूले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको एसएसपी दिवेश लोहनीले बताए ।

by Man Bdr. Bohara | Sep 22
img
पूर्वराजा शाहले यस वर्षको दसैँमा सर्वसाधरणलाई टिका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधरणलाई टिका नलगाई दिने भएका छन् । केही हप्ता आराम गर्नुपर्ने साथै देशमा आएको प्राकृतिक प्रकोपले नेपालीको जीवनमा असहज परिस्थिति आएको कारण देखाउँदै पूर्वराजा ज्ञानेन्द्रले यसवर्ष टिका नलगाई दिने बताएका हुन् । उनले शक्ति पीठको दर्शन पनि नगर्ने विज्ञप्तीमार्फत जानकारी दिएका हुन ।

by Man Bdr. Bohara | Sep 22
img
निर्वाचनमा पैसावालाले मात्रै टिकट पाए : पूर्व राष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा.रामवरण यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरे, ‘मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि ५०लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन एककरोडसम्म खर्च भयो, यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लड्न सक्छन्।”

by Man Bdr. Bohara | Sep 22
img
ग्यास उद्योगीको बदमासी : झुटो विवरण देखाएर ५अर्ब क्षतिपूर्ति दावी!

पछिल्लो समय ठूलठूला आयोजना मा ‘बदमासी’ बढ्दै गएको छ भन्दा फरक नर्पला । यसैबीच, ग्यास उद्योगीले झुटो विवरण देखाएर झण्डै ५ अर्ब क्षतिपूर्ति दावी गरेको खुलेको छ । न्यून संख्यामा निर्माण भएका ग्यास बुलेटलाई धेरै देखाएर उद्योगीले सरकारसँग क्षतिपूर्ति दावी गरेका हुन् । नेपाल आयल निगमले २७असार ०७३मा नेपाली नम्बर प्लेटका सात सय ७५थान बुलेटलाई सञ्चालन अनुमति दिएको थियो ।

by Man Bdr. Bohara | Sep 22
img
को बन्ला प्रथम नेपाल आइडल ?

शुक्रबार प्रथम नेपाल आइडलको घोषणा हुने भएको छ । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल घोषणा गरिने भएको हो । मोरङका निशान भट्टराई, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी नेपाल आइडल बन्नेछन् ।

by Man Bdr. Bohara | Sep 22
img
आयो ‘प्रहरी हाम्रो टोलमा’

प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने गृहमन्त्रालयले देशभर ‘प्रहरी हाम्रो टोलमा’ भन्ने अभियान एकैसाथ संचालन गरेको छ । शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन र प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियानको गृहमन्त्री जर्नादन शर्माले काठमाडौंमा उद्घाटन गरेका छन् । प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ यो अभियानको सुरुआत गरिएको गृहमन्त्रालयले जनाएको छ ।

by Man Bdr. Bohara | Sep 22
img
डाक्टरको आन्दोलनपछि सरकारले ‘बोली बदल्यो’

उपचारका क्रममा अस्पतालमा बिरामीको मृत्यु भए चिकित्सक आफैले क्षतिपुर्ति व्यहोर्नुपर्ने गरी व्यवस्था गर्न मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिए । तर आज आएर सरकार आफैले आफ्नो बोली बदलेको छ । सरकारको सो निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सकले नै क्षतीपुर्ति व्यहोर्नुपर्ने निर्णय नगरेको जनाएको छ ।

by Man Bdr. Bohara | Sep 22
img
भारत सरकार नयाँ रोजगारी सिर्जना गर्न असफल

सञ्चार माध्यमका अनुसार भारतमा नरेन्द्र मोदीको सरकारको तीन वर्षभन्दा बढीको कार्यकालमा नयाँ रोजगारीमा ६०प्रतिशतले कमी आएको छ । भारतको श्रम मन्त्रालयको प्रतिवेदन अनुसार सरकार नयाँ रोजगारी सिर्जना गर्न असफल भएको हो । उक्त प्रतिवेदन अनुसार सन् २०१४ मा भारतमा जति रोजगारी सिर्जना भएको थियो त्यसको तुलनामा सन् २०१६ सम्म आइपुग्दा पहिलेको तुलनामा आधा पनि रोजगारी सिर्जना हुन नसकेको हो ।

by Man Bdr. Bohara | Sep 22
img
बंगाली चलचित्र ‘यती आभिजान’ को नेपाली भर्सन ‘यती’

यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको एडभेञ्चरस फिल्म ‘यती’ ले गएको हप्ता रिलिज भएका चलचित्रसँगै प्रतिस्पर्धा गर्ने भएको हो । त्यसकारण यसअघि नै रिलिज भएका दुई रुपैयाँ, जोनी जेन्टलम्यानले केही राहत पाउने विश्लेषण गरिएको छ । ‘यती’ सम्भवतः नेपाली भाषामा डबिङ गरिएको पहिलो बंगाली चलचित्र हो ।

by Man Bdr. Bohara | Sep 22