Most Recent posts

img
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

by RSS | Jan 18
img
मलेशिया र इण्डोनेशियामा पदयात्रा पर्यटन प्रवद्र्धन गरिने

अन्नपूर्ण सर्किटसहितका पदमार्गको प्रवद्र्धनको उद्देश्यसाथ टे«किङ एजेन्ट्स एशोसीयशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आजदेखि मलेसिया र इण्डोनेसियाका लागि ११ दिने प्रवद्र्धनात्मक भ्रमण थालेको छ ।विश्वकै १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण सर्किट लगायतका पदमार्गमा पदयात्राका लागि वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेकोले अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक भ्रमण शुरु गरिएको हो ।

by RSS | Jan 18
img
सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ ।

by RSS | Jan 18
img
चिनी मिल सञ्चालनमा

सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो । यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हँुदै आएकोमा सरकारले केही दिन अघि यस वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल

by RSS | Jan 18
img
अनियमितताको आरोप निराधार : एन्फा

अखिल नेपाल फुटबल सङ्घघ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन गर्दै चार जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला सङ्घले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभयो, “चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ

by RSS | Jan 18
img
लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश

by RSS | Jan 18
img
संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हँुदैन भन्नुभयो । पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ

by RSS | Jan 18
img
गाउँमै स्नातकोत्तरसम्मको पढाइ

गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुशी भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालू शैक्षिक सत्रबाट स्नातककोत्तरसम्मको पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मका लागि अनुमति दिएपछि चालू शैक्षिक सत्रबाट उक्त क्याम्पसमा पनि शिक्षाशास्त्र सङ्कायमा स्तातकोत्तरसम्म पढाइ हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।

by RSS | Jan 18
img
आलेख : धुलाम्मे सडकले गाउँ प्रदूषित

गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलो

by RSS | Jan 18
img
लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ ः नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो । उहाँले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर

by RSS | Jan 18