Most Recent posts

img
सिटिजन्स बैंक खुला टेनिस शुरु

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
चार जिल्लामा चियाखेती विस्तार गर्दै टिटिएस सहकारी

पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चियाखेती विस्तार गरिसकेको र क्रमशः सोलुखुम्बु र सङ्खुवासभालाई पनि समेट्दै लैजाने उद्देश्य रहेको जानकारी दिनुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।

by RSS | Apr 29
img
बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो ।

by RSS | Apr 29
img
अज्ञात रोगबाट परिवारनै बिरामी

उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।

by RSS | Apr 29
img
अध्यक्ष मगरलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगरले ‘इन्टरनेसनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि २०७४ सालमा मगर पुनः निर्वाचित हुनुभएको थियो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो । बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।

by RSS | Apr 29
img
जिपको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

by RSS | Apr 29
img
श्रमदानमा सामुदायिक भवन निर्माण

बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् । समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका–३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन् । आमा समूहमार्फत् श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले रु दुई लाख अनुदान दिएको थियो ।

by RSS | Apr 29