Most Recent posts

img
७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता

कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो ।

by RSS | Apr 26
img
महोत्तरीमा खानेपानी अभाव

गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी अमृतकुमार महतोले बताउनुभयो ।

by RSS | Apr 26
img
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ ।

by RSS | Apr 26
img
दुईको मृत्यु

दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा दुर्घटनामा परी एक र भद्रपुरमा चट्याङ लागेर एक गरी दुई जनाको मृत्यु भएको हो ।

by RSS | Apr 26
img
करेन्ट लागेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते हुनुभएको छन् ।

by RSS | Apr 26
img
गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुखको आग्रह

सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

by RSS | Apr 26
img
नर्स आन्दोलनमा

नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

by RSS | Apr 26
img
चट्याङ लागेर मृत्यु

झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उहाँलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ः०० चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

by RSS | Apr 26
img
अविनाशीको ‘काठमाडौँ शहर’ सार्वजनिक

गीतकार राम अविनाशी’को दोस्रो म्युजिक भिडियो ‘काठमाडौँ शहर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको उक्त गीत बिहीबार सार्वजनिक गएिको हो । युवा गायक सविन लामाको स्वर रहेको उक्त गीतमा गीतकार अविनाशीले बाबुआमालाई काठमाडौँमा राख्ने अभिलासाले वैदेशिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाउन खोज्नुभएको छ ।

by RSS | Apr 26
img
भोटेकोशीको सभ्यता कलामा

सिन्धुपाल्चोक, भोटेकोसीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ । भोटेकोसी गाउँपालिका ४, फुल्पिङकट्टीमा पुरातत्वविद्सहित पुगेको १५ कलाकारहरुको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् ।

by RSS | Apr 26