Most Recent posts

img
महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

by RSS | Apr 21
img
राखेपमा नियम विपरीत अनुदान र कर्मचारी

राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले आँैल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६५औँ वार्षिक प्रतिवेदनले राखेपभित्र ती कार्य भएको औँल्याएको हो ।

by RSS | Apr 21
img
पुल नबन्दा समस्या

कञ्चनपुर तिल्केनीका रमेशबहादुर परशुराम धाममा स्नान गर्न आउनुभयो । बालबच्चासहित उहाँ परशुराम धाममा आउनुभएको हो ।

by RSS | Apr 21
img
कारागार हातामा मन्दिर

जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको रु एक लाख अनुदानमा मन्दिर निर्माण गरिएकोे हो ।

by RSS | Apr 21
img
दुर्घटनामा दुईको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

by RSS | Apr 21
img
दुई विद्यालयमा पशु विज्ञान पढाइने

बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ । जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो ।

by RSS | Apr 21
img
कालीगण्डकी जलयात्रा महोत्सव

कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।

by RSS | Apr 21
img
२८ बालकको उद्धार

महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

by RSS | Apr 21
img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।

by RSS | Apr 21
img
सगरमाथाबाट फोहर सङ्कलन

सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडाँै लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो ।

by RSS | Apr 21