Most Recent posts

img
एबिसीमा पुनर्निर्माणले गति लियो

अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

by RSS | May 21
img
अठचालीस मेनपावरको कारोवार बन्द

तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो ।

by RSS | May 21
img
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । “अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।

by RSS | May 21
img
सिंहदरबारको झल्को दिँदै गाउँपालिका

गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् । सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् ।

by RSS | May 21
img
धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान

धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो ।

by RSS | May 21
img
गोकर्णेश्वरमा पाँचदिने योग शिविर

‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारकमा पाँचदिने निःशुल्क योग शिविर शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद स्मारक र पतञ्जलि योग समितिको संयुक्त आयोजनामा आजदेखि शुरु भएको शिविर बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा नगर क्षेत्रका २०० मानिसको सहभागिता छ ।

by RSS | May 21
img
गाई बाँड्दै रेडक्रस

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ ।

by RSS | May 21
img
अभद्र व्यवहार गर्ने विद्यार्थी पक्राउ

प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

by RSS | May 21
img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

by RSS | May 21
img
देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् ।

by RSS | May 21