Most Recent posts

img
फोक्सुण्डोमा युवा मृत फेला

डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

by RSS | May 21
img
नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा

नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

by RSS | May 21
img
इच्छाकामनामा शीतभण्डार निर्माण गरिने

चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिने भएको छ । साना किसान सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारमा शीतभण्डार निर्माण गरिने भएको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरिएको हो ।

by RSS | May 21
img
विद्यालयलाई साढे छ लाख सहयोग

म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले रु छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गर्नुभएको हो । छन्त्याल परिवारको सहयोगमा कम्प्युटर कक्षा सञ्चालनका लागि एककोठे पक्की भवन निर्माण भएको प्रधानाध्यापक खिममाया छन्त्यालले जानकारी दिनुभयो ।

by RSS | May 21
img
दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।

by RSS | May 21
img
रारा योगमय बन्दै

मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ । अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो ।

by RSS | May 21
img
विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ ।

by RSS | May 21
img
प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।

by RSS | May 21
img
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

by RSS | May 21
img
घरबास सञ्चालन हुने

हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे सञ्चालनका लागि केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको योजनाबमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य शुरु गरेको छ ।

by RSS | May 21