Most Recent posts

img
नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ । पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ ।

by RSS | May 17
img
म्याद नाघेका खाद्य सामग्री नष्ट

स्थानीय प्रशासन तथा सरोकारवालाले आज जुम्ला बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जल्लिा अधकिारी देवेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरोकारवाला नकिायले यहाँका ३० पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भेटएिको छ । ती सामग्री नष्ट गरएिको नागरकि समाजका अध्यक्ष राजबहादुर महतले जानकारी दनिुभयो ।

by RSS | May 17
img
‘सार्वजनिक संस्थालाई प्रतिस्पर्धी बनाउन सबैको ध्यान आवश्यक’

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि सार्वजनिक संस्थामा काम गर्ने कर्मचारीलाई ट्रेड युनियन आन्दोलनमा समेट्दै अघि बढेको सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपाल आजदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको अगुवाइमा विसं २०४७ जेठ २ गते उक्त सङ्गठनको स्थापना भएको थियो ।

by RSS | May 17
img
पार्टीमा सुधारको खाँचो छ :वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताउनुभयो ।

by RSS | May 17
img
प्रभावमा परेर बिहे गर्दा...

दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो ।

by RSS | May 17
img
किशोरी मृत फेला, एक युवक पक्राउ

बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

by RSS | May 17
img
छाती पुनःस्थापना केन्द्रको शिलान्यास

भक्तपुर नगरपालिकाका–९ च्याम्हासिंहमा छाती पुनःस्थापना केन्द्र स्थापना गर्ने भएको छ । केन्द्रको नवनिर्मित भवनको आज नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा उहाँले भक्तपुर नगरमा श्वासप्रश्वास (दम) सम्बन्धी रोगका बिरामीलाई फिजियोथेरापी विधिमार्फत् उपचार गर्ने पहिलो छाती रोग पुनःस्थापना केन्द्र भक्तपुरमा सञ्चालन हुनु गौरवको कुरा भएको बताउनुभयो ।

by RSS | May 17
img
इञ्जिनीयरकै प्रमाणपत्र नक्कली

इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ । आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो । बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ ।

by RSS | May 17
img
‘कृषि क्षेत्रलाई प्राथमिकता’

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे मात्र विकासले फड्को मार्ने बताउनुभएको छ । आज प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कृषि वित्तीय स्रोत व्यवस्थाफन विषयक अन्तर्क्रिया कार्यत्रममा उहाँले कृषक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नसकिएको बताउनुभयो ।

by RSS | May 17
img
कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुईको मृत्यु

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् । आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए ।

by RSS | May 17