Most Recent posts

img
कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुईको मृत्यु

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताउनुभयो । उहाँका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् । आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए ।

by RSS | May 17
img
प्रदेश नं ३ : दुई विधेयक पारित

प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

by RSS | May 17
img
नेकपाको एक वर्ष : एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

प्रकाश सिलवाल र शरद शर्मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ ।

by RSS | May 17
img
‘कूल बजेटको दश प्रतिशत स्वास्थ्यमा’

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा आज आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री यादवले आगामी आवको कूल बजेटमध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

by RSS | May 17
img
माथिल्लो त्रिशूलीको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।

by RSS | May 17
img
‘व्यावहारिक शिक्षा बेरोजगार अन्त्यको आधार’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीका इच्छाअनुसारको व्यावहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमास्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै तिमिल्सिनाले बालबालिकालाई करकापमा होइन इच्छाअनुसारको व्यावहारिक शिक्षा प्रदान गर्न सकेमात्र भोलिका दिनमा स्वरोजगार बन्न सक्ने बताउनुभयो ।

by RSS | May 17
img
सुदूरपश्चिम प्रदेश : समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको उद्देश्य

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा प्रस्तुत गर्न लागेको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुख्य उद्देश्य राखेको छ ।

by RSS | May 17
img
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त

पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ ।

by RSS | May 17
img
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

by RSS | May 17
img
नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

by RSS | May 17