Most Recent posts

img
कैदीको उपचारका क्रममा मृत्यु

भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो । थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् ।

by RSS | May 17
img
लागुऔषधसहित तीन पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् ।

by RSS | May 17
img
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् ।

by RSS | May 17
img
घरेलु मदिरामा चप्पल, पिसाब र प्याड

लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

by RSS | May 17
img
आगलागीपीडितलाई प्रदेशसभा सदस्यको सहयोग

आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गर्नुभएको छ । रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गर्नुभएको हो । सो सामग्री लिएर पीडितको घर पुग्नुभएका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइपर्‍यो भनेर नआत्तिन आग्रह गर्नुभयो ।

by RSS | May 17
img
मिर्गौलापीडित बालिकालाई सहयोग

मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।

by RSS | May 17
img
पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।

by RSS | May 17
img
५०० लाई नागरिकता

बडीकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा एकै दिन ५०० ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा सञ्चालन भएको उक्त शिविरमा यति ठूलो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । बुधबारबाट शुरु गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

by RSS | May 17
img
सुन चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

by RSS | May 17
img
‘एक्सपेरियन्स नेपाल क्याम्पियन’ शुरु

विश्वका विभिन्न राष्ट्रबाट नेपालमा पर्यटक भित्र्याउने प्रयासस्वरूप ‘एक्सपेरियन्स नेपाल’ नाराका साथ विश्वव्यापी अभियान (क्याम्पियन) शुरु गरिएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भमा प्रभावकारी प्रर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकी एक्सप्रेससँग सहकार्य गर्दै विश्वव्यापी रूपमा अभियान शुरु गरेको हो ।

by RSS | May 17