Most Recent posts

img
हेलिकप्टरमै मृत शिशुको जन्म

रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

by RSS | May 17
img
६५ आरोही सगरमाथाको चुचुरामा

वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

by RSS | May 17
img
अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ

नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

by RSS | May 17
img
धनगढी विमानस्थलको अनुगमन

स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

by RSS | May 17
img
जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा

आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो ।

by RSS | May 17
img
उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान

महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो ।

by RSS | May 17
img
स्थानीय निकायका उपप्रमुखको सहभागितामा इजलास सञ्चालन

स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो ।

by RSS | May 17
img
पर्यटन प्रवर्द्धन अभियान शुरु

नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ । अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो ।

by RSS | May 16
img
सिखमूबहाःका ध्यानरत्न ‘चक्रेश्वर’ घोषित

हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखमूबहाःका ध्यानरत्न बज्राचार्यको आज बज्रयान बौद्ध परम्पराअनुसार ‘चक्रेश्वराभिषेक’ गरियो । महाविहारका ७०० कुलपुत्रमध्ये जेष्ठ उहाँ ८२ वर्षको हुनुहुन्छ । यो महाविहार काठमाडौँ जिल्लाका १८ बहाःमध्येको एक हो जहाँ बज्राचार्य र शाक्य दुबैको बसोबास छ । यो महाविहार लाय्कूपुइँ (दरबार क्षेत्र) अन्तर्गत पर्ने राजगुरु मञ्जुश्रीबज्र बज्राचार्यले जानकारी दिनुभयो ।

by RSS | May 16
img
गैर कानुनी काम गर्नेदेखि सावधान !

कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन ? यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस् । त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस् । नत्र ठगिन सक्नुहुन्छ ।

by RSS | May 16