Most Recent posts

img
दुई शव फेला

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताउनुभयो ।

by RSS | May 17
img
नेपाल–भारत सीमा नाका बन्द हुने

भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

by RSS | May 17
img
महाधिवेशन हुने

“पहिचानसहितको सम्मान, राष्ट्रियता, समृद्धि र स्वभिमान” प्रमुख नारासाथ राष्ट्रिय आदिवासी जनजाति महासङ्घले विराटनगरमा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । जेठ ४ गते हुने सो अधिवेशनमा सातवटै प्रदेशका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

by RSS | May 17
img
दुई हजार परिवार भेरीको उच्च जोखिममा

ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ । रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् ।

by RSS | May 17
img
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रमको आयोजना गरेको छ । शिक्षाका लागि विश्व कार्यसप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नाटक, गीत, कविता र राजनीतिक नेताको प्रतिबद्धताका माध्यमबाट सामुदायिक शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा व्यापारीकरण अन्त्य गर्न आह्वान गरिएको थियो ।

by RSS | May 17
img
नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ । पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ ।

by RSS | May 17
img
म्याद नाघेका खाद्य सामग्री नष्ट

स्थानीय प्रशासन तथा सरोकारवालाले आज जुम्ला बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जल्लिा अधकिारी देवेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सरोकारवाला नकिायले यहाँका ३० पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भेटएिको छ । ती सामग्री नष्ट गरएिको नागरकि समाजका अध्यक्ष राजबहादुर महतले जानकारी दनिुभयो ।

by RSS | May 17
img
‘सार्वजनिक संस्थालाई प्रतिस्पर्धी बनाउन सबैको ध्यान आवश्यक’

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि सार्वजनिक संस्थामा काम गर्ने कर्मचारीलाई ट्रेड युनियन आन्दोलनमा समेट्दै अघि बढेको सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपाल आजदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०४६ को प्रजातान्त्रिक आन्दोलनपछि सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको अगुवाइमा विसं २०४७ जेठ २ गते उक्त सङ्गठनको स्थापना भएको थियो ।

by RSS | May 17
img
पार्टीमा सुधारको खाँचो छ :वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा वरिष्ठ नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताउनुभयो ।

by RSS | May 17
img
प्रभावमा परेर बिहे गर्दा...

दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो ।

by RSS | May 17