Most Recent posts

img
डोमलाई होटलको भाँडामा खान दिइँदैन

मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने

by RSS | Today, 02:32 PM
img
दुई दर्जन भाषाका कविता अनुवाद गरिने

दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा गत साता आयोजित सम्मेलनले आठबुँदे घोषणापत्र जारी

by RSS | Today, 02:27 PM
img
गोसाइँकुण्ड तीर्थयात्री प्रभावित

बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ । रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका

by RSS | Today, 02:20 PM
img
एशियाली खेलकूद : नेपाल क्वार्टर फाइनलमा

इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिनुभयो । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् ।

by RSS | Today, 02:17 PM
img
सिभिल इञ्जिनीयरिङ शुरु गर्न दशैं महोत्सव

जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ । विदुर–१स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो ।

by RSS | Today, 12:42 PM
img
पुल बगाएपछि आवागमन ठप्प

गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ । बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभयो ।

by RSS | Today, 12:35 PM
img
सूचनामैत्री बन्दै स्थानीय तह

दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था गरेर सबैलाई सहज पहुुँच हुने गरी सूचना सार्वजनिकीकरणको व्यवस्था गर्नुभएको छ । सूचनाको हकसम्बन्धी प्रशिक्षण लिएर कार्यक्षेत्रमा पुग्नुभएका खरेलले अहिले नगरपालिकाको सबै गतिविधिलाई ‘डिजिटाइज’ गर्न विद्युतीय सूचना पाटी कार्यान्वयनमा ल्याउनुभएको हो ।

by RSS | Today, 12:29 PM
img
फोहरले वातावरण प्रदूषण

काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्वती ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो ।

by RSS | Today, 12:23 PM
img
संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो । सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी

by RSS | Today, 12:18 PM
img
छ पत्रकार सम्मानित

पर्वतबाट सञ्चालित ‘अनलाइन पत्रिका सूचना केन्द्र डटकम’ले यहाँका छ जना पत्रकारलाई सम्मानित गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी छ जना पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका

by RSS | Today, 12:12 PM