Most Recent posts

img
टिपरले ठक्कर दिँदा बालकको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको

by RSS | Jan 13
img
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् ।

by RSS | Jan 13
img
पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

by RSS | Jan 13
img
दुर्घटनामा ३१ घाइते

काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । 

by RSS | Jan 13