Most Recent posts

img
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय

by RSS | Sep 06
img
शववाहन खरिद गर्न फुटसल

शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र

by RSS | Sep 06
img
हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई,

by RSS | Sep 06
img
ट्राफिक व्यवस्थापनमा कठिनाइ

जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको

by RSS | Sep 06
img
सडक स्तरोन्नति

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।करिव रु ५० लाख सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्र्भट निर्माण तथा

by RSS | Sep 06
img
दुनै अन्धकार

मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन

by RSS | Sep 06
img
लागूऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।

by RSS | Sep 06
img
नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक हिजोदेखि राजधानीमा शुरु भएको छ । प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिनुभयो ।

by RSS | Sep 06
img
सत्र दिनदेखि किशोरी बेपत्ता

किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी भदौ २ गते प्रगति टोलबाट हराएकी थिइन् । आफन्तकहाँ नभेटिएपछि अभिभावकले भदौ ३ गते महानगरीय प्रहरीवृत्त महाराजगञ्जमा उजुरी गरे । उजुरी गरेको १७ दिन पूरा हुँदा पनि अवस्थाका बारेमा थाहा पाउन

by RSS | Sep 06
img
‘दश वर्षमा दश हजार युवा उद्यमी’

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा दश हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले युवा उद्यमीको समूह निर्माण गरी उनीहरु र लगानीकर्ताबीच

by RSS | Sep 06