Most Recent posts

img
गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ ।

by RSS | Dec 13
img
अमरगढी किल्लाका हतियार बेपत्ता

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो । किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’

by RSS | Dec 13
img
हुम्लामा हिमपात

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या

by RSS | Dec 13
img
स्थानीय निकायमा ‘बर्थिङ सेन्टर’

मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो ।

by RSS | Dec 13
img
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का

by RSS | Dec 13
img
जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु

चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा

by RSS | Dec 13
img
बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागिको

by RSS | Dec 13
img
प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट

by RSS | Dec 13
img
महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भए पछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ । विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताउनुभयो । सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै पनि कार्यक्रम छैन ।

by RSS | Dec 13
img
बीस विद्यालय भवन पुनःनिर्माण शुरु

म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको हो । दश विद्यालय चारकोठे, दुई तीनकोठे र आठ दुईकोठे भवन पुनःनिर्माण गरिने एकाइका प्राविधिक राजकुमार शाहीले जानकारी दिनुभयो ।

by RSS | Dec 13