Most Recent posts

img
ताला लगाइएको मल्लकालीन गलकोट दरबार

तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल

by RSS | Apr 17
img
आलेख ः चिलिङ्दिन अब स्वच्छ वडा

वृद्धभत्ता रोकिएपछि ७१ वर्षीया मनमाया नेम्वाङ वडा कार्यालय पुगिन् । वडाध्यक्ष मनप्रसाद चेम्जोङ पत्रिका पढेर बसिरहेका थिए । उनले सोधिन् – “नानी, यो खोर नबनाएसम्म भत्ता नआउने नै हो ?” वडाध्यक्ष चेम्जोङले मुस्कुराउँदै भने – “तुम्मा (ठूलीआमा) सबैले भनेर रोक्नु परेको हो । कानूनतः रोक्न मिल्दैन । भाइहरुलाई लगाएर भोलि नै खोर बनाइदिनुस्, पर्सि नै भत्ता आउँछ ।”

by RSS | Apr 17
img
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो ।

by RSS | Apr 17
img
दमकमा मुटुरोग सम्बन्धी अस्पताल

मुटु तथा मिर्गाैला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ ।

by RSS | Apr 17
img
सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो । नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।

by RSS | Apr 17
img
संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।

by RSS | Apr 17
img
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा

जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ । जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो ।

by RSS | Apr 17
img
परिवार नियोजन सेवाको पहुँचमा सुधार आएन

स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनका अनुसार गत वर्ष ९६ हजार ४१७ मात्र महिलाले सुरक्षित गर्भपतन गराएका थिए तर प्रति एक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । अर्थात वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने गरेको अनुमान छ । कृपाको अर्काे अध्ययनका अनुसार ४२ प्रतिशत सुरक्षित र ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गर्दछ

by RSS | Apr 16
img
भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थु्र’

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो ।

by RSS | Apr 16
img
नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो ।

by RSS | Apr 16