Most Recent posts

img
आन्तरिक राजश्व कार्यालय रु दुई अर्ब सङ्कलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महीनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो । सङ्कलित राजश्वमा आयकर रु.५० करोड १७ लाख १५ हजार,

by RSS | Dec 12
img
आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ । प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

by RSS | Dec 12
img
बालक अपहरण गर्ने तीन जना पक्राउ

सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज

by RSS | Dec 12
img
चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभयो । जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी

by RSS | Dec 12
img
हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताउनुभएको छ ।

by RSS | Dec 12
img
रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो । बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मच्छिन्द्रवहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ ।

by RSS | Dec 12
img
विराटनगरमा राष्ट्रिय सम्मेलन

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ ।

by RSS | Dec 12
img
विपत्पीडितलाई रु २७ लाख राहत

जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । चालु आव २०७५÷७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार

by RSS | Dec 12
img
जाडोले विद्यार्थीलाई कठिनाइ

मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो ।

by RSS | Dec 12
img
गाउँपालिका अध्यक्षमाथि कुटपिट

मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका

by RSS | Dec 12