Most Recent posts

img
गाउँपालिका अध्यक्षमाथि कुटपिट

मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका

by RSS | Dec 12
img
हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । विसं २०७१ सालयता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण र बजार विस्तारका कारण मुनाफा आर्जन गर्न सफल भएको उद्योगले जनाएको छ

by RSS | Dec 12
img
चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो । 

by RSS | Dec 12
img
छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो

by RSS | Dec 12
img
सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ । 

by RSS | Dec 12
img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।

by RSS | Dec 12
img
चार हजारले पहिलो किस्ता लिन बाँकी

जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ । जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताउनुभयो । 

by RSS | Dec 12
img
पाटेबाघको छालासहित दुई पक्राउ

प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडाँै महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

by RSS | Dec 12
img
नमूना वडा बनाउँदै कामपा

काठमाडौँ महानगरपालिका–१५ र २२ लाई नमूना वडा बनाउने तयारी गरेको छ । कामपामा ठूलो समस्याको रुपमा रहेका फोहर व्यवस्थापनको काम गर्न चुनौती आएपछि वडा नं १५ र २२ का प्रत्येक घरलाई कुहिने र नकुहिने फोहर राख्ने छट्टाछुट्टै डस्टबिन वितरणको तयारी रहेको छ । पहिलो चरणमा कामपाको यी दुई वडाबाट शुरु गर्ने कार्य विस्तारै ३२ वटै वडामा पु–याउने तयारी रहेको कामपाका

by RSS | Dec 12
img
कर्मचारीलाई कारवाहीको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।

by RSS | Dec 12