Most Recent posts

img
भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ ।

by RSS | Apr 11
img
यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक

जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ ।

by RSS | Apr 11
img
चाबहिल–साँखु सडकः कम चौडाइमा कालोपत्रे

सडकको चौडाइ २२ मिटर कायम गर्नका लागि चार वर्ष पहिलेदेखि शुरु गरिएको चाबहिल–साँखु सडकमा अन्ततः मापदण्डभन्दा कम चौडाइमा नै कालोपत्र शुरु भएको छ । स्थानीयवासीले घर र जग्गा दुवैको माग गर्दै अवरोध गरेपछि अहिले सरकारले सो सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गरिरहेको हो । जग्गा मुआब्जाका कारण लामो समयसम्म निर्माण ठप्प भएपछि

by RSS | Apr 11
img
हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन,

by RSS | Apr 10
img
नेपाल–जर्मनी सम्बन्ध : नवीकरणीय ऊर्जा प्रदर्शनी

नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका उपलक्ष्यमा जर्मनीले यही चैत २९ देखि आगामी वैशाख १३ गतेसम्म ललितपुरमा नवीकरणीय ऊर्जासम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ । पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा आयोजना हुने प्रदर्शनीमा ऊर्जाका स्रोत, तिनको उपयोगबाट हासिल हुने ऊर्जा, सौर्य ऊर्जालगायत क्षेत्रमा

by RSS | Apr 10
img
डलर साट्ने बहानामा ठगी

धेरै मूल्यमा डलर साट्ने भनी नक्कली नोट मिसाएर ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई हाल काठमाडौँ नेपालटार बस्ने वर्ष ३३ का उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दानबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ हुन् ।

by RSS | Apr 10
img
३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ (एचएलबी) भेटेको छ । एचएलबी विशेष गरी अमिला (सिट्रस) अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया

by RSS | Apr 10
img
नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै

नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार(छाला)कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् ।

by RSS | Apr 10
img
शेयर बजारमा सामान्य सुधार

मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ ।

by RSS | Apr 10
img
दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने

दोस्रो ‘प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’ हुने भएको छ । नेपाल फोटो पत्रकार महासङ्घ र नेपाल मुद्रण उद्योग महासङ्घको आयोजना तथा मेसे इण्डिया तथा इआरएम भारतको सहआयोजनामा यही चैत २८ देखि ३० गतेसम्म उक्त एक्स्पो हुनलागेको हो । आयोजक समूहले आज पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक अत्याधुनिक नयाँ प्रविधियुक्त सञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखानासम्बन्धी नयाँ प्रविधिबारे

by RSS | Apr 10