Authors-image

Raj Kapali

Writer

Most Recent posts

img
रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

by Raj Kapali | Jan 22
img
हुम्लामा भारी हिमपात

सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । 

by Raj Kapali | Jan 22
img
कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’

माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गरेका छन् । 

by Raj Kapali | Jan 22
img
चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिकरूपमा सङ्कलन गरिएको सेतोचिनीलगायतका जडीबुटी डोल्पाको निकुञ्जको पुर्जीको भरमा निर्यात हुँदैआएको छ । जिल्ला वन डिभिजन कार्यालयको बेवास्ताका कारण यसरी दैनिक भारी मात्रामा जडीबुटी निकासी भएको गाउँपालिका–४ का तीर्थराज बोहोराले जानकारी दिनुभयो ।

by Raj Kapali | Jan 22
img
बढी मूल्य असुल्नेलाई कारबाही

हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि नियन्त्रणका लागि सादापोसाक सहितको प्रहरी टोली परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो । शालिनदीमा स्वस्थानी बर्तालुको निकै घुइँचो लाग्ने गर्दछ ।

by Raj Kapali | Jan 22