Hot News

img
विधानसभा चुनावले मोदीलाई झट्का, राहुललाई हौसला !

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको परिणाम आउन थालेको छ। मध्य प्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगनामा सम्पन्न चुनावको गणना चलिरहँदा विपक्षी कांग्रेस तीन राज्यमा अगाडि देखिएको हो।

by Anu Rana | Dec 12
img
मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु

धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

by Anu Rana | Dec 12
img
इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

by RSS | Dec 11
img
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।

by RSS | Dec 09
img
समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताउनुभएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताउनुभयो ।

by RSS | Dec 09
img
पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो ।

by RSS | Dec 09
img
अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा

नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठक बोलाएका हुन् ।

by RSS | Dec 09
img
प्रियङ्काको बिहेको तस्बिर १७ करोडमा बिक्यो

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकन गायक तथा लेखक निक जोनससँग बिहे गरेकी छन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए । 

by Anu Rana | Dec 09
img
रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ ।

by Anu Rana | Dec 07
img
घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’ 

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्दै छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई बाताउनुभ्एको हो ।

by Anu Rana | Dec 07
img
दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर रु दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ ।

by RSS | Dec 07
img
ग्रेडबृद्दी परीक्षा यही मङ्सिर ८ गते संचालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुरक (ग्रेडबृद्दी) परीक्षा यहि मङ्सिर ८ गते संचालन गर्ने भएको छ । नियमित तर्फका परीक्षार्थी जसको कुनै एक बिषयमा अनुपस्थित वा डी प्लस वा सो भन्दा कम ग्रेड आएको भए पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ ।

by Anu Rana | Oct 13
img
२१ हजार अश्लील वेबसाइट बन्द

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल

by RSS | Oct 11
img
कक्षा ११ को नतिजा आउन अब केहि समय बाकी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गर्दैछ । बोर्डका अनुसार आज शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो छ ।

by Anu Rana | Oct 06
img
रु एक अर्बको लगानीमा चाउचाउ उद्योग

झापाका रू एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू एक अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताउनुनुभयो । ‘‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ,

by RSS | Sep 18