Latest News

img
समानुपातिकमा पानि एमालेको अग्रता

समानुपातिकतर्फको १६ लाख मत गन्दा पहिलो नम्बरमा नेकपा एमालेले ५ लाख ९७ हजार ६ सय २७ मत ल्याएको छ। दोश्रोमा रहेको नेपाली कांग्रेसले ५ लाख ५६ हजार ४ सय ८२ मत ल्याएको छ। विवेकशील साझा चौथो स्थानमा आएको छ।

by R. sharma | Today, 10:24 PM
img
धनुषा १ बाट बाम गठवन्धका यादव विजयी

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा  वाम गठवन्धनबाट माअाेवादीका मातृकाप्रसाद यादव विजयी भएका छन्।  उनले २६४१८ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।

by R. sharma | Today, 10:22 PM
img
निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृत–एमाले का अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।

by RSS | Today, 05:22 PM
img
‘नुवाकोट ३ नं प्रदेशको राजधानी उपयुक्त’

ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशकाको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । 

by RSS | Today, 05:16 PM
img
माओवादी केन्द्रका अध्यक्ष दाहाल विजयी

चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । 

by RSS | Today, 05:09 PM
img
सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १० वटा सम्पदाले काठ माग गरेका हुन् ।

by RSS | Today, 05:04 PM
img
समुदायको नेतृत्वमा खयरलेकमा पूर्वाधार निर्माण

अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा बनाइएका लोभलाग्दो पदमार्ग र चौताराहरुले भुलाइदिन्छ । यो अनुभूति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा रहेको पर्यटकीय खोप्रा र खयरलेक जाँदा जो कोहीलाई हुने गर्छ । 

by RSS | Today, 05:01 PM
img
विद्युत् उत्पादनमा प्राधिकरण र निजी क्षेत्र समान हैसियतमा

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ । निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो । 

by RSS | Today, 04:52 PM
img
नलगाड जलविद्युत् आयोजना ओझेलमा

त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । 

by RSS | Today, 04:49 PM
img
भारतीय प्याज वीरगञ्जमा

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् । 

by RSS | Today, 04:42 PM
img
काठमाडौँ ५ का दुवै प्रदेशमा एमाले विजयी

काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा (एमाले)का नारायणबहादुर सिलवाल र २ नं प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी हुनुभएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिनुभयो । 

by RSS | Today, 04:38 PM
img
भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गर्नुभयो ।

by RSS | Today, 04:31 PM
img
स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च/लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ । 

by RSS | Today, 04:29 PM
img
विजयी उम्मेदवारको मतपरिणाम

नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय र्याली निकालेका छन् । 

by RSS | Today, 04:23 PM
img
प्रदेशसभामा एमालेका स्थापित र संग्रौला विजयी

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी हुनुभएको छ । 

by RSS | Today, 04:10 PM
img
सिरहा–१ मा काँग्रेसका गिरि विजयी

सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो । 

by RSS | Today, 04:09 PM
img
न्यायाधीश पैसामा बिकेको आरोपसहित ९२ वर्षीया वृद्धाको उजुरी

ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । 

by RSS | Today, 03:51 PM
img
एमालेका किशोरी विजयी

प्रदेशसभा धनुषा निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेकपा (एमाले)का उम्मेदवार किशोरी साह कमल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १४ हजार २०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

by RSS | Today, 03:44 PM
img
महोत्तरी मा फोरम र राजपा विजयी

महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो । 

by RSS | Today, 03:42 PM
img
बधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । 

by RSS | Today, 03:34 PM