Latest News

img
प्राडा केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको

by RSS | Jan 18
img
एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ । कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ ।

by RSS | Jan 18
img
क्षमता ५० तर कैदीबन्दी २७४

दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । 

by RSS | Jan 18
img
तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए ।

by RSS | Jan 18
img
काङ्ग्रेस नेता रेग्मीको निधन

नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा आज बिहानै उहाँको अन्त्येष्टि गरिएको छ ।

by RSS | Jan 18
img
इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

by RSS | Jan 18
img
इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

by RSS | Jan 18
img
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ ।

by RSS | Jan 17
img
हिउँदे नगरसभाद्वारा ऐन पारित

बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो । नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो ।

by RSS | Jan 17
img
टिमुरको तेल विदेशमा पनि

सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

by RSS | Jan 17
img
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए । घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन

by RSS | Jan 17
img
गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

by RSS | Jan 17
img
पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । 

by RSS | Jan 17
img
निर्णय सच्याउन सरकारसँग माग

जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको भन्दै उक्त फाउण्डेशनले निर्णय सच्याउन माग गरेको हो । 

by RSS | Jan 17
img
राष्ट्रिय गौरवका आयोजना : धेरैको प्रगति औसत

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकाशं आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक नभएको पाइएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरणअनुसार हाल लगानी बोर्डले हेरिरहेको पश्चिम सेती जलविद्युत् आयोजनाको हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन ।

by RSS | Jan 17
img
फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थनीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । ती निकायबीच एकापसमा कुनै समन्वय भने हँुदैन ।

by RSS | Jan 17
img
वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ । विभागले सरोकार भएका सबै पक्षको सहयोगमा उपयुक्त स्थानमा त्यस्तो स्टेशन राख्ने भएको छ ।

by RSS | Jan 17
img
एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । 

by RSS | Jan 17
img
महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

by RSS | Jan 17
img
वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै

by RSS | Jan 17