Latest News

img
बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । 

by RSS | Oct 14
img
यो हफ्ताको साप्ताहिक राशीफल  

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ असोज २८  देखि कार्तिक ३ गतेसम्मको राशिफल )

by Anu Rana | Oct 14
img
पथरीको जंगलमा १३ वर्षिय बालिकालार्इ सामुहिक बलात्कार  

देशभर बलात्कार विरुद्ध अभियानहरु सञ्चालन भैरहेको बेलामा पनि यो बलात्कार कान्ड न त रोकिन नै सको नत कुनै कानुनी कडा कारबा इ नै हुन सको । यो त झान झागिदै गोइरहेको छ , त्यस्तै गरेर मोरङको पथरीशनिश्चरे नगरपालिकामा बालिका सामूहिक बलात्कारमा परेकी छिन् । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

by Anu Rana | Oct 14
img
कालोबजारी बढ्दै गर्दा अनुगमन भएन

जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको बेमौसमी बनिरहेको छ । अनुगमनको मुख्य जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधि कालोबजारीबारे चुपचाप छन् ।

by RSS | Oct 14
img
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दि“दा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६बिबि ८२११ नं को भारतीय ट्रकले साइकलयात्री मध्यविन्दु नगरपालिका १४ बस्ने ५८ वर्षका रविराज खनाललाई ठक्कर दि“दा उनको मृत्यु भएको

by RSS | Oct 14
img
खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु-याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिका लागि सहयोग पु-याउन सकिन्छ ।”

by RSS | Oct 14
img
बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा  

बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतलका दुई डाक्टर कारबाहीमा परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि १२ वर्षीय बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा . विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।

by Anu Rana | Oct 13
img
ग्रेडबृद्दी परीक्षा यही मङ्सिर ८ गते संचालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुरक (ग्रेडबृद्दी) परीक्षा यहि मङ्सिर ८ गते संचालन गर्ने भएको छ । नियमित तर्फका परीक्षार्थी जसको कुनै एक बिषयमा अनुपस्थित वा डी प्लस वा सो भन्दा कम ग्रेड आएको भए पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ ।

by Anu Rana | Oct 13
img
संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशँैका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा

by RSS | Oct 12
img
सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । शुक्रबार आयोजित छुटाछुटै आंैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ । बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा

by RSS | Oct 12
img
सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् । गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले

by RSS | Oct 12
img
बस दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

by RSS | Oct 12
img
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो ।

by RSS | Oct 12
img
ए डिभिजन लिगका आज दुई खेल : शनिबारदेखि स्थगन

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको

by RSS | Oct 12
img
नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध

नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ । दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

by RSS | Oct 12
img
असिनाबाट धानबाली नष्ट

जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।”

by RSS | Oct 12
img
झुलाघाटमा स्वास्थ्य सहायता कक्ष

भारतबाट घर फर्कने नागरिकलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सो कक्षमा ८५ जनाको रगत परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्कने नागरिकलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो । “मलेरिया देखिए निःशुल्क उपचार गछौँ,” उहाँले भन्नुभयो ।

by RSS | Oct 12
img
म्याग्दीमा नेकपाको संयन्त्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको बिहीबार बसेको बैठकले जिल्लाको छ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रीय सदस्य

by RSS | Oct 12
img
बलात्कार अभियोगमा पक्राउ

रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो । पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र रु १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ ।

by RSS | Oct 12
img
मापसेमा ट्राफिक परीक्षा

के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ

by RSS | Oct 12