Latest News

img
एक किलो सुनसहित छ जना पक्राउ

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने

by RSS | Jan 13
img
त्रियुगा सहकारीको रु ६८ करोड कारोवार

किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ । जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सहकारी संस्थामा हाल दुई हजार २४४ शेयर सदस्य

by RSS | Jan 13
img
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग

कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो ।

by RSS | Jan 13
img
युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले थाहा पाउनुभएन ।

by RSS | Jan 13
img
माघीमय बाँके र बर्दियाका थारू बस्ती

थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल यहाँ शुरु भइसकेको छ ।

by RSS | Jan 13
img
गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो ।

by RSS | Jan 13
img
यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो ।

by RSS | Jan 13
img
इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गर्नुभएको थियो ।

by RSS | Jan 13
img
माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा

by RSS | Jan 13
img
बटर उद्योगले बदामको मूल्य राम्रो

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ । जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रुपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी रु २५० का दरले किसानबाट बदाम खरिद गर्ने गरिएको उद्योगका प्रबन्धक बासुदेव राईले बताउनुभयो ।

by RSS | Jan 13
img
सुविधायुक्त सभाकक्ष निर्माण

तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सुविधायुक्त सभाकक्ष निर्माणको काम शुरु गरेको छ । समाजसेवी तथा व्यवसायी यज्ञबहादुर केसीले सभाकक्ष निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पाँच कठ्ठा जग्गा सङ्घलाई निःशुल्क प्रदान गरेपछि अहिले सो जमीनमा सभाकक्ष निर्माणको काम शुरु गरिएको निर्माण समितिका संयोजक तथा सङ्घका निर्वतमान अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।

by RSS | Jan 13
img
सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण–विशेष समय

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन खरिद गर्ने, महङ्गा भवन बनाउनेजस्ता निर्णयले सरकारलाई नै गिज्याइरहको चर्चा गर्दै बुद्धिजीवीलाई

by RSS | Jan 13
img
दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको

by RSS | Jan 13
img
टिपरले ठक्कर दिँदा बालकको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको

by RSS | Jan 13
img
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् ।

by RSS | Jan 13
img
पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

by RSS | Jan 13
img
हवाई भाडा घट्योः कहाँ कति रुपैयाँ घट्यो ?  

नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ  का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’

by Anu Rana | Jan 13
img
 भृकुटीमण्डपमा १७५ रुपैयाँमै जुत्ता

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरे लागातै यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ । मेलाको सुरुआतमै जाँदा रोजेका जुत्ता पाइने भएकाले ग्राहकको भिड लागेको हो ।

by Anu Rana | Jan 13
img
फुट्यो विवेकशील साझा पार्टी  

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । एकताको डेढ वर्ष पनि नपुग्दै मिश्र र थापा अलग्गिएका हुन ।

by Anu Rana | Jan 13
img
वैशाखबाटै पाइपलाइनमार्फत तेल ल्याउने योजना  

वैशाखसम्म तेल आपूर्ति गर्ने गरी काम अघि बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । बस्ती क्षेत्रको २६ किलोमिटरको काम सकिए पनि अमलेखगञ्जतर्फ काम वनका कारण रोकिएको छ ।

by Anu Rana | Jan 13