Latest News

img
मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग

रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती निर्माणका लागि रु तीन लाख रकम हस्तान्तरण गर्नुभएको छ । रोटरी क्लब अफ रत्ननगरको पदस्थापन कार्यक्रममा शनिबार राति रत्ननगरमा आयोजित एक कार्यक्रमबीच उहाँले उक्त रकमको चेक रोटरी क्लब अफ रत्ननगरलाई हस्तान्तरण गर्नुभएको हो । चितवनको सौराहास्थित मुसहर बस्तीमा रत्ननगर रोटरीको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको छ ।

by RSS | Jul 29
img
सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप

प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ । सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को रु १० लाखभन्दा बढी आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा

by RSS | Jul 29
img
कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ र ७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण शुरु भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले पक्की मोटरेबल पुल निर्माण शुरु गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि रु १९ करोडमा हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले ठेक्का सम्झौता गरेको

by RSS | Jul 29
img
जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो । आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा

by RSS | Jul 29
img
महँगीको विरोधमा धर्ना कार्यक्रम

नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ ।नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गर्नुभयो । “मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,

by RSS | Jul 27
img
नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ । नक्सा पास नगरेका र पास भएको नक्सालाई स्वीकृत नगराई निर्माण भएका घरलाई प्राविधिक अध्ययन गरी प्रमाणपत्र दिइनेछ । नक्सा पास नगरी र पास भएको नक्साको स्वीकृती बेगर प्रायः सबै वडाहरुमा घर निर्माण भएका छन् । त्यसरी बनेका घरहरु मापदण्ड पूरा

by RSS | Jul 27
img
बस दुर्घटना : २३ जनाको उद्धार

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक

by RSS | Jul 27
img
दुई विधयेकमा सैद्धान्तिक सहमति

प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा मुस्लिम समुदायले सञ्चालन गर्दै आइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरी मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।

by RSS | Jul 27
img
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराउनुभएको हो । बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उहाँले बताउनुभयो ।

by RSS | Jul 27
img
पहिरोले चार घर विस्थापित

चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु–याएको थियो । भूकम्पले क्षति पु–याएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उहाँ घरबारविहीन बन्नुभएको हो । उहाँजस्तै पुरी टोलका

by RSS | Jul 27
img
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभयो । करीब २८ किलोमिटर दूरीमा रहेको

by RSS | Jul 27
img
रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि

कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२ करोड

by RSS | Jul 27
img
पर्याप्त बजेट र कर्मचारी नहुँदा सेवामा असर

कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् । घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटका कारण लक्ष्यअनुसारका काम गर्न कठिन भएको

by RSS | Jul 27
img
सरकार र प्रा डा केसीबीच नौबुँदे सहमतिः अनशन अन्त्य

नेपाल सरकार र २७ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजोराति प्रधानमन्त्री निवास बालुवाटारमा नौबुँदे सहमति भएपछि उहाँको अनशन तोडिएको छ । प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा १५ औँ अनशनमा हुनुहुन्थ्यो । सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र

by RSS | Jul 27
img
सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ

सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ ।आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका हकमा भने

by RSS | Jul 27
img
आगो नियन्त्रणका लागि रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो ।“दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा त्यस्ता उपकरणको व्यवस्थासहित स्थानीयवासीलाई तालीम दिनसके आगलागी नियन्त्रणमा आउन सक्छ । ” उहाँले भन्नुभयो, “आगलागी नियन्त्रण समयमै

by RSS | Jul 27
img
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।भक्तपुरबाट पर्यटकलाई बन्दीपुर

by RSS | Jul 27
img
प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

आर्थिक वर्ष २०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४/७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र

by RSS | Jul 26
img
समयमा पुल निर्माण नहुँदा जनतालाई सास्ती

गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ । पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन ।

by RSS | Jul 26
img
पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ । पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिनुभयो । यसरी शुरु हुने काममा टेकुमा रहेको

by RSS | Jul 26