व्यापार

img
शेयर बजार : दुई अङ्कले घट्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।

by RSS | May 16
img
औद्योगिक क्षेत्र निर्माण कार्य तीव्र

हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । सरकारले चार वर्ष अगाडि हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप निर्माण कार्य शुरु भएको हो । हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १३५ हेक्टर जमीनमा निर्माण शुरु गरिएको र त्यसको वातावरण प्रभाव मूल्याङ्कनसमेत पूरा भएको छ ।

by RSS | May 16
img
व्यापार घाटा २४ प्रतिशतले वृद्धि

उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महीनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ ।

by RSS | May 16
img
उकालो लाग्दै शेयर बजार

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ ।

by RSS | May 16
img
सुरक्षाको प्रत्याभूति हुन थालेपछि उद्योगधन्दा फस्टाउँदै

असुरक्षा र औद्योगिक वातारणको आभावमा उद्योगविहीन बनेको सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पछिल्लो समयमा उद्योग फस्टाउन थालेका छन् । केही वर्षअघिसम्म उद्योगविहीन औद्योगिक क्षेत्रका रुपमा परिचित सो औद्योगिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति र सुविधा दिन थालेपछि उद्योगधन्दा फस्टाउन थालेका हुन् ।

by RSS | May 15
img
हिमाल दोलखाले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो ।

by RSS | May 15
img
सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ ।

by RSS | May 15
img
शेयर बजारः दोहोरो अङ्कले वृद्धि

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङ्कमा पुगेको छ ।

by RSS | May 14
img
डेढ करोड महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ ।

by RSS | May 14