व्यापार

img
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर

विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।

by RSS | May 10
img
घट्दै नेप्से परिसूचक

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि नेप्से घट्ने क्रम जारी रह््यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.६४ बिन्दुले घटेर एक हजार २९१.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५५ बिन्दुले घटेर २७६.५२ बिन्दुमा पुगेको छ ।

by RSS | May 09
img
ट्रङ्क लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन

नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी व्यवसायीले लिएका ६७ वटा ट्रङ्क लाइनको एक एक गरी अध्ययन गरी यर्थाथ पत्ता लगाउने भएको छ । उद्योगी व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको विद्युत्को महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेको छ । केही उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च र उच्च अदालतसमेत पुगेका छन् ।

by RSS | May 09
img
प्रदेश नं ३ ले साझा यातायातमा लगानी गर्ने

प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

by RSS | May 09
img
कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि...

पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।

by RSS | May 09
img
सिमेन्टमा भारतसँगको निर्भरता हट्दै

स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ ।

by RSS | May 09
img
निर्माण व्यवसायी ऐन संशोधन गर्न माग

नेपाल निर्माण व्यवसायी सङ्गठनले सार्वजनिक खरीद ऐन तथा नियमावलीमा समयानुकूल संशोधन गर्न माग गरेको छ । सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा हालको ऐन तथा नियमावली व्यवसायीको हितमा नभएको र उनीहरुले समस्या झेल्नुपरेको भन्दै ऐनमा रहेका अमिल्दा दफा संशोधन गर्न माग गरेको हो ।

by RSS | May 08
img
शेयर बजारमा गिरावट

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ ।

by RSS | May 08
img
कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै

कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो । दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ ।

by RSS | May 08
img
महिला उद्यमीको ‘कोसेली घर’

बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् ।

by RSS | May 08
img
सहकारी अब केन्द्रीय बैंकको निगरानीमा

पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ ।

by RSS | May 08
img
पन्ध्र अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् ।

by RSS | May 08
img
कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत, विज्ञान तथा प्रविधि क्षेत्रमा उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ती त्रिपक्षीय सम्झौता भएको हो ।

by RSS | May 08
img
धान, मकै र गहुँको उत्पादन वृद्धि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ ।

by RSS | May 08
img
नेप्से दुई विन्दुले बढ्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ विन्दुले बढेर एक हजार ३०१.२८ विन्दुले बढेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले बढेर २७९.२४ विन्दुमा पुगेको छ ।

by RSS | May 07
img
खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गर्नुभएको छ । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गर्नुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बन्नुभएको छ ।

by RSS | May 07
img
फर्निचर उद्योगमा आगलागी हुँदा रू १० लाखको क्षति

दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो ।

by RSS | May 07
img
आयातमा कमी आउँदा लक्ष्य प्रभावित

भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ ।

by RSS | May 07
img
सबलाङ्गका लागि अनुकरणीय बन्दै कृषक गौतम

दृढ इच्छा शक्ति र लगनसँगै अवसर पाउने हो भने समाजमा फरक क्षमता भएका व्यक्तिले पनि कृषि व्यवसायबाट यथेष्ट आम्दानी गर्न सक्छन् भन्ने तथ्यलाई यहाँका एक कृषकले चरितार्थ पारेका छन् ।

by RSS | May 06
img
शेयर बजार : २२ अङ्कको वृद्धि

लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ ।

by RSS | May 06