व्यापार

img
ऊर्जा क्षेत्र :कुराभन्दा काम बढी

नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।

by RSS | May 06
img
शेयर बजार : दोहोरो अङ्कले घट्यो

पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।

by RSS | May 05
img
क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार

चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा गाउँमा खानेपानीको हाहाकार भएको हो । मुहान सुकेपछि बाँसघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समूह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समूहका उपभोक्ता खानेपानीको समस्यामा परेका छन् ।

by RSS | May 05
img
जलयात्रा व्यवसाय सङ्कटमा

त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।

by RSS | May 05
img
‘दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार’

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

by RSS | May 03
img
श्रमिक मजदूरको निःशुल्क दुर्घटना बिमा

निःशुल्क दुर्घटना बिमा कार्यक्रमले श्रमिक मजदूरमा खुशीयाली छाएको छ । रामपुर क्षेत्रमा काम गर्दै आइरहेका मजदूरलाई दृष्टिगत गर्दै पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिले निःशुल्क दुर्घटना बिमा कार्यक्रम ल्याएकाले यहाँका मजदूर उत्साहित भएका हुन् । मजदूरको हकहित तथा मजदूरी पेशालाई सम्मान दिन, उनीहरुमाथि भविष्यमा आइपर्ने घटनालाई दृष्टिगत गर्दै निःशुल्क दुर्घटना बिमागराउन थालिएको समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभयो ।

by RSS | May 03
img
स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयको तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् ।

by RSS | May 03
img
च्याउखेतीबाट रु छ लाख आम्दानी

बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो ।

by RSS | May 03
img
उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रमा मात्र अहिले दुई हजार ५०० भन्दा बढी खुद्रा पसल तथा होटल सञ्चालनमा आएका छन् ।

by RSS | May 03
img
शेयर बजार : चार अङ्कले घट्यो

शेयर बजार ओरालो लाग्नेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ बिन्दुले घटेर २७७.८२ बिन्दुमा झरेको छ । कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ ।

by RSS | May 02
img
कदुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् ।

by RSS | May 02
img
तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

by RSS | May 02
img
घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ ।

by RSS | May 02
img
बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

पुरुषोत्तम सुवेदी नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।

by RSS | May 02
img
मासु उद्योगको प्रदूषण, स्थानान्तरण गर्न सिफारिस

वीरगञ्ज महानगरपालिकास्थित मासुजन्य तथा हड्डी प्रशोधन उद्योगको स्थलगत अनुगमन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको छ । समितिले गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

by RSS | Apr 30
img
शेयर बजार : दोहोरो अङ्कले घट्यो

एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।

by RSS | Apr 30
img
उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।

by RSS | Apr 30
img
काममा फर्किए पुनःनिर्माणका प्राविधिक

भूकम्पपछिको पुनःनिर्माणमा कार्यरत प्राविधिक काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनीयर्स एसोशियसनको मध्यस्थतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच आज भएको छलफलमा प्राविधिकले आफ्ना माग सम्बोधन भएकाले काममा फर्कने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितको संवेदनशीलता र पुनःनिर्माणको महत्वलाई विशेष ध्यान दिन तथा स्थानीय तहमा पुनःनिर्माणको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिनुभयो ।

by RSS | Apr 29
img
गुराँस लघुवित्तको साधारण शेयर खुल्यो

पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।

by RSS | Apr 29
img
नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ ।

by RSS | Apr 29