व्यापार

img
शेयर बजार थामिदा अर्ब माथिको कारोवार

लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ ।

by RSS | Apr 29
img
भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध   

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

by Anu Rana | Apr 28
img
टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने

जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छ ।

by Anu Rana | Apr 25
img
शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ ।

by RSS | Apr 21
img
शेयर बजार : दोहोरो अङ्कले बढ्यो

लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ ।  

by RSS | Apr 18
img
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।

by RSS | Apr 17
img
नेपालमा कफी उत्पादन : किसानका लागि रोजगारी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले सोमबार आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को यहाँ उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताउनुभयो ।

by RSS | Apr 16
img
पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

रु पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय

by RSS | Apr 15
img
सहारा बचत खाता सञ्चालन

वित्तीय साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न एनएमबी बैंकले ‘सबैको सहारा बचत खाता’ आजदेखि सञ्चालनमा ल्याएको छ । आज ललितपुरमा पत्रकार सम्मेलन गरेर उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य मौज्दातमा खाता खोल्न सकिने

by RSS | Apr 15
img
सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिमचरणमा

बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताउनुभयो ।

by RSS | Apr 15
img
डलर साट्ने बहानामा ठगी

धेरै मूल्यमा डलर साट्ने भनी नक्कली नोट मिसाएर ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई हाल काठमाडौँ नेपालटार बस्ने वर्ष ३३ का उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दानबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ हुन् ।

by RSS | Apr 10
img
३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ (एचएलबी) भेटेको छ । एचएलबी विशेष गरी अमिला (सिट्रस) अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया

by RSS | Apr 10
img
शेयर बजारमा सामान्य सुधार

मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ ।

by RSS | Apr 10
img
व्यावसायिक स्याउ खेतीका लागि परीक्षण

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुुरुङले जानकारी दिनुभयो ।

by RSS | Apr 08
img
यी हुन् विश्वका सबैभन्दा धनी सात महिला

एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

by Anu Rana | Apr 08
img
शेयर बजार : दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

by RSS | Apr 07
img
किबी खेतीतर्फ कृषक आकर्षित

पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बिक्री गर्नुहुन्छ । उहाँको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किबी खरीद गर्न उनको घरमै आइपुग्छन् । जम्मा एक पाटो बारीमा किबीको खेती गर्नुभएको लक्समले भन्नुभयो, “वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बेच्दै आएको छु ।”

by RSS | Apr 05
img
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा

मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो । यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका दुई हजार ३०० भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने सो बैंकले जनाएको छ ।

by RSS | Apr 04
img
निर्यात विस्तार गर्दै माउण्ट एभरेष्ट ब्रुअरी

भरतपुर महानगरपालिका–१२ मा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ ।

by RSS | Apr 04
img
पहिलो पटक एटिएम सेवा

जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताउनुभयो ।

by RSS | Apr 04