व्यापार

img
शेयर बजारमा सुधार : छ अङ्कको वृद्धि

आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ ।

by RSS | Apr 01
img
थामियो शेयर बजार

शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ

by RSS | Mar 31
img
उद्यान बनाइँदै

जिल्ला समन्वय समिति चितवनले सुविधा सम्पन्न उद्यान निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० रासस कार्यालयसँगै करीब एक बिघा १० कठ्ठा जमीनमा उद्यान निर्माण गर्न लागेको हो । हाल जिल्ला समन्वय समितिको कार्यालय रहेको स्थानमा सभागृह निर्माण गर्ने भएपछि रासस कार्यालयसँगैको जमीनमा उद्यान निर्माण गर्न लागिएको हो । 

by RSS | Mar 31
img
लगानी सम्मेलन : तीन हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२ मेगावाट क्षमताका परियोजनामा लगानी जुट्ने देखिएको हो । केही ठूला जलविद्युत् आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ता तयार देखिएका छन् भने केही आयोजनामा संयुक्त लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

by RSS | Mar 31
img
नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य

by RSS | Mar 31
img
नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो । नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको

by RSS | Mar 29
img
बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु

अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता आज(बिहिवार) बेइजिङमा शुरु हुँदैछ । विश्वका सर्वा्धिक दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ठ अधिकारीहरुको वार्ता चल्दै आएको छ ।

by Anu Rana | Mar 29
img
शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने

शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको

by RSS | Mar 28
img
युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु

निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशतअर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो । 

by RSS | Mar 27
img
सफ्टवेयरमा समस्या : भएन शेयर कारोवार

प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ ।

by RSS | Mar 27
img
शेयर बजार : सुधार जारी

सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ । 

by RSS | Mar 26
img
शेयर बजार : सामान्य अङ्कको सुधार

लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ ।

by RSS | Mar 25
img
सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन

डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला

by RSS | Mar 25
img
नयाँ पुस्ताका आलुको बीउ उत्पादन

पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । 

by RSS | Mar 25
img
शेयर बजार : छ अङ्कले घट्यो

साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ ।

by RSS | Mar 24
img
सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गर्नुभएका उहाँलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उहाँमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन गर्नेलाई गएको वर्ष पुरस्कार दिइएको थियो ।

by RSS | Mar 22
img
धवलागिरिमा कुखुरा आयातमा रोक

कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक राम्जीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

by RSS | Mar 22
img
सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

by RSS | Mar 21
img
शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ ।

by RSS | Mar 21
img
नयाँ वर्षमा यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

by Anu Rana | Mar 21