व्यापार

img
शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि हुने  

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु भ्एको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

by Anu Rana | Mar 21
img
आलेख ः रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो । 

by RSS | Mar 21
img
चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य आवश्यक : कृषिमन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताउनुभएको छ । चीनको सिचुवान प्रान्तको इविन शहरमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथि रहनुभएका खनालले नेपाल चियामा आत्मनिर्भरताको अवस्थामा पुगे पनि चियालाई संस्कृति र कलाको रूपमा विकास गर्न अझै धेरै काम

by RSS | Mar 19
img
कानूनी एवं संरचनागत तयारीमा लाग्दा पूँजीगत खर्च कम भएको स्वीकार

कानूनी तथा संरचनागत तयारीका लागि लामो समय लागेका कारण चालु आर्थिक वर्षको छ महीनामा अपेक्षा गरेअनुसारको पूँजीगत खर्च हुन नसकेको पाइएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा सहभागी हुनुभएका पूँजीगत खर्च बढी भएका मन्त्रालयका सचिवले वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले पनि केही अप्ठ्यारा आउनु र केही जटिलता देखिनु सामान्य भएको भन्दै आगामी आवमा त्यस्ता समस्या नदोहोरिने बताउनुभयो ।

by RSS | Mar 18
img
शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ ।

by RSS | Mar 18
img
शेयर बजार : छ अङ्कले वृद्धि

शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २४७।१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७

by RSS | Mar 17
img
माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत

सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत हुनपुगेको छ ।

by RSS | Mar 17
img
चिया उद्योग विकासमा सहयोग गर्न आग्रह

चीन भ्रमणमा रहनुभएका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको चिया उद्योगको विकास र विस्तारका लागि सहयोग गर्न चिनियाँ अधिकारीलाई आग्रह गर्नुभएको छ । चीनले संयुक्त रूपमा चियाको विकास र विस्तार गर्न तयार रहेको बताउँदै आएको छ । मन्त्री खनालले चीनसँगको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउँदै बहुआयामिक बनाउनुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

by RSS | Mar 17
img
रु १३ अर्बको टे«जरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई

by RSS | Mar 17
img
मनसा सिमेन्ट उद्योग कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना सङ्कलन गरी विभागमा ल्याएर प्रयोगशालामा परीक्षण गर्दा मनसा पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकाले आज कारवाहीको सिफारिश गरेको हो ।

by RSS | Mar 17
img
ट्रम्पको व्यापार युद्धले अमेरिकाको अर्थतन्त्र खुम्चियो  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले गर्द सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ ।

by Anu Rana | Mar 17
img
सहकारीको सङ्ख्या घटाउन सुझाव

पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

by RSS | Mar 12
img
चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल–चीनको प्रमुख नाकाका रुपमा रहेको केरुङसम्म जानका लागि सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ ।

by RSS | Mar 11
img
दोहोरो अङ्कले बढ्यो शेयर बजार

आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।

by RSS | Mar 11
img
आलु किसान चिन्तित

लागत अनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो । भन्नुभयो, “एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ ।

by RSS | Mar 11
img
दुई विकास बैंकको एकता प्रक्रिया शुरु

रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका

by RSS | Mar 11
img
रोल्पाको तरकारीले बजार पाएन

व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् । 

by RSS | Mar 10
img
महोत्सवमा अल्लोबाट बनेका कपडाप्रति आकर्षण

भृकुटीमण्डपमा जारी ‘१५आँै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो । प्यूठान नौबहिनी गाउँपालिका–६ स्थितको कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढामगरले अल्लोबाट बनेका कपडा किन्न मानिसको आउने गरेको बताउनुभयो । 

by RSS | Mar 10
img
राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको कतारको अर्थ मन्त्रालयले जनाएको छ ।खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरेपनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ ।

by Anu Rana | Mar 10
img
दूरदराजमा पनि बैंक

पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ । दाङको पश्चिममा पर्ने दङ्गीशरण गाउँपालिकामा एनसिसी बैंक, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, बबई गाउँपालिकामा नेपाल बङ्गलादेश बैँक, भार्गव विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकका शाखा स्थापना भएका छन् ।

by RSS | Mar 08