व्यापार

img
‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । 

by RSS | Mar 08
img
हुवावेद्वारा  अमेरिकी सरकारबिरुद्ध मुद्दा दायर  

सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै  कम्पनी हुवावेले अमेरिकी सरकारविरुद्ध टेक्सस अदालतमा मुद्दा दर्ता गरेको छ ।

by Anu Rana | Mar 08
img
दोहोरो अङ्कले बढ्यो शेयर बजार

लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ

by RSS | Mar 07
img
विश्वकै कान्छी अर्बपति बनिन् काइली जेनर

अमेरिकी रियालिटी टिभी पर्शनालिटी, मोडल र आन्त्रप्रेनर काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी हुन ।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा २१ वर्षीया जेनर पर्न सफल भएकी हुन् । उनले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट सुरु गरेकी हुन्।

by Anu Rana | Mar 07
img
ग्राबको कुल मूल्यांकन १४ अर्ब डलर पुग्यो

दक्षिणपूर्वी एशियाली ट्याक्सी सेवा प्रदायक ग्राबको कुल मूल्यांकन १४ अर्ब डलर पुगेको छ । कम्पनीका निकट स्रोतका अनुसार सफ्टबैंकले १ अर्ब ४६ करोड डलर लगानी गरेसँगै कम्पनीको कुल मूल्यांकन बढेको बताएको छ । बुधवार ग्राबले सफ्टबैंकबाट उक्त कोष पाएको बताएको हो ।

by Anu Rana | Mar 07
img
पाँच अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु

by RSS | Mar 03
img
यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ ।

by RSS | Mar 03
img
इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ ।

by Anu Rana | Feb 27
img
धान खरीदमा लक्ष्य प्राप्ति

धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६ करोड चार लाख ७९ हजार १०० मूल्य बराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो । सङ्घीय सरकारले यसवर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान

by RSS | Feb 26
img
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

by RSS | Feb 26
img
शेयर बजार : सात अङ्कले बढ्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड

by RSS | Feb 25
img
सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो । उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा

by RSS | Feb 24
img
शेयर बजार : दोहोरो अङ्कले घट्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ ।

by RSS | Feb 24
img
‘महिन्द्रा उदय’ सुरु, ६ वटा नयाँ सवारीसाधन अनावरण

भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले आजबाट काठमाडौंको भृकुटीमन्डपमा एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुरु गरिसकेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गर्नुभ्एको हो ।

by Anu Rana | Feb 24
img
पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

यही फागुन १७ गते पाँचाँै संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराउनुभयो ।

by RSS | Feb 21
img
प्राथमिकता क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भएन

वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कूल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा ९ दशमलव ९३ प्रतिशत लगानी गरेको पाइएपनि अन्य क्षेत्रमा भने तोकेअनुसार

by RSS | Feb 21
img
उद्योगको सङ्ख्यामा वृद्धि

मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला,

by RSS | Feb 20
img
बीउ उत्पादनमा व्यावसायिक बन्दै

गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् । गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको

by RSS | Feb 20
img
होण्डाले वेलायतमा रहेको कारखाना बन्द गर्ने  

होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ । 

by Anu Rana | Feb 19
img
शेयर बजारमा बाइस अङ्कको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ ।

by RSS | Feb 19