व्यापार

img
पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै

पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

by RSS | Feb 18
img
शेयर बजार सात अङ्कले घट्यो

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव

by RSS | Feb 18
img
धितोपत्र बजार : तीन अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता

by RSS | Feb 17
img
न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।

by RSS | Feb 17
img
महिन्द्रा उत्सव २०१९: महिन्द्राले 7 नयाँ गाडी लन्च गद्रै

महिन्द्रा उदयले महिन्द्रा उदय 201 9 महोत्सव सन्चालन गर्ने भएका छ । महिंद्रा उदय फेस्टिवलमा हरेक दिन भोजन, रमाइलो संगीत, र निश्चित रूपमा महिन्द्रा कारहरुद्वारा आगन्तुकहरू आकर्शित गर्नेछ । महिन्द्राका ७ नयाँ कार मोडेलहरू सार्वजनिक गरिनेछ । नेपालमा पहिलो पटक XUV 300, Marazzo, Jivo, Swaraj 963, Blazo, Furio, र  G75- Roadmaster बिशेष आकर्षण हुनेछ ।

by Anu Rana | Feb 17
img
शेयर बजार आठ विन्दुले घट्यो

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ ।

by RSS | Feb 14
img
चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् ।

by RSS | Feb 14
img
उद्योगलाई ‘एक्जीम कोर्ड’

उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ । विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको हो ।

by RSS | Feb 14
img
उड इन्टरनेशनल एक्स्पाे फागुन ३ देखि हुँदै

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ आयोजना हुने भएको छ, भने उक्त उड इन्टरनेसनल एक्सपो फागुन ३, ४ र ५ गते काठमाण्डौ को भृकृटीमण्डपमा हुने भएको हो ।

by Anu Rana | Feb 14
img
उद्यमशीलता सम्मेलनको तयारी पूरा

सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ । 

by RSS | Feb 10