द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् ।
मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको
अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो ।
पश्चिम नवलपरासीमा सम्पन्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा मोहन खतिवडाले सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग राखेको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन÷अनुसन्धान गर्ने सहमति भएको छ । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न पवित्र काम भएको बताउँदै विद्वानहरुको नाममा स्थापित सङ्घसंस्थाले विश्वविद्यालयका केन्द्रीय विभागसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्ने बताउनुभयो ।
स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ । बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरले गर्ने गरी क्याम्पस सञ्चालन गर्न लागिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई सम्बोधन गर्दै उहाँले संस्कृत शिक्षाप्रति युवा वर्गलाई आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले कक्षा ११ को ग्रेडवृद्धि आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत पुष मा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । उक्त तालिका सार्बजनिक सँगइ राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दा पछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।
तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् । स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटेका बालबालिका निन्तर स्थानीय विद्यालयमा गएर पठनपाठन गर्न थालेका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले
डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० जना यो विद्यालयमा भर्ना भएको शिक्षक बताउँछन् ।
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते आइतबार देखी सुरु भइ चैत्र २१ गते बिहिबार सकिने भ्एको छ । राष्ट्रिय परीक्षा बोर्डले समयतालिका पनि सार्वजनिक गरिसकेको छ ।
गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुशी भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालू शैक्षिक सत्रबाट स्नातककोत्तरसम्मको पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मका लागि अनुमति दिएपछि चालू शैक्षिक सत्रबाट उक्त क्याम्पसमा पनि शिक्षाशास्त्र सङ्कायमा स्तातकोत्तरसम्म पढाइ हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्ट्रारमा नियुक्ति गरिएको र शैक्षिक योग्यताको परीक्षण नगरी उपप्राध्यापकको बढुवा गत जेठ २५ मा भएको विश्वविद्यालयसभाको कार्यादेश विपरीत भएको दाबी गर्नुभएको छ ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् । आफूहरुका लागि जाडोका लुगा दिन पुगेका नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका पदाधिकारी र सञ्चारकर्मीसँग न्यून दृष्टियुक्त विद्यार्थीले यस्तो माग गरेका हुन् ।
आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गर्नुभएको थियो ।
पछिल्लो समयमा बढ्दै गएका साइबर अपराधका घटनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीले अभियान चलाएको छ । जिल्लाका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्तर्गत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।