शिक्षा

img
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् ।

by RSS | Mar 24
img
कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था

by RSS | Mar 24
img
एसइई परीक्षा आजदेखि शुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

by RSS | Mar 24
img
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने

by RSS | Mar 21
img
घट्दै एसइई परीक्षाको हाउगुजी

अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका (एसएलसी) मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता दिएपछि कक्षा १० को एसइई परीक्षाले नीतिगतरुपमै

by RSS | Mar 21
img
विज्ञान प्रयोगशाला भवन निर्माणका लागि सहयोग

तनहुँ व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला भवन बनाउनका लागि लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले एक लाख अमेरिकी डलर सहयोग गरेको छ । विज्ञान विषय पढाइका लागि क्याम्पसमा प्रयोगशाला भवन आवश्यक भएपछि फाउण्डेशनले सो रकम सहयोग गरेको हो । एक हजार ७०० वर्ग मिटरमा फैलने भवन चार तलाको हुनेछ ।

by RSS | Mar 21
img
चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । 

by RSS | Mar 15
img
ब्राजिलको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार  

ब्राजिलको साओ पाउलो नजिकैको एक विद्यालयमा गोली चल्दा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचना अनुसार  घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

by Anu Rana | Mar 14
img
शिक्षकविनाका कम्प्युटर शिक्षा

चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् । 

by RSS | Mar 13
img
नेपाल भाषाको विद्यालय खोलिने

शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो ।

by RSS | Mar 12
img
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”,

by RSS | Mar 12
img
निजी विद्यालयलाई सेवामुखी बनाउने नीतिबीच प्याब्सन महाधिवेशन

निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको भनी अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने तयारी गरेकाले विद्यालय सञ्चालकमा लगानीको सुरक्षाको प्रश्न उठेको छ ।

by RSS | Mar 11
img
निजी स्रोतका शिक्षकका लागि एक करोड

पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ ।

by RSS | Mar 07
img
त्रिविविमा बेथितिको चाङ

त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । 

by RSS | Feb 26
img
एक वर्षेे उपलब्धि : शिक्षामा रूपान्तरणको सङ्केत

वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र स्वीकृत कार्ययोजनाका आधारमा सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा कानूनी र नीतिगत सुधारका सङ्केत देखिएका हुन् । 

by RSS | Feb 21
img
शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् ।

by RSS | Feb 14
img
मुस्ताङमा शैक्षिक सत्र शुरु

मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको

by RSS | Feb 14
img
अष्ट्रेलियाको सेज एजुकेशनको सेवा अब काठमाडौंमै

अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो ।

by Anu Rana | Feb 12
img
प्राध्यापक सङ्गठनको अध्यक्षमा खतिवडा

पश्चिम नवलपरासीमा सम्पन्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा मोहन खतिवडाले सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग राखेको जानकारी दिनुभयो ।

by RSS | Feb 10
img
संस्कृत, वेद र योग विधामा अनुसन्धान गर्ने सहमति

त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन÷अनुसन्धान गर्ने सहमति भएको छ । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न पवित्र काम भएको बताउँदै विद्वानहरुको नाममा स्थापित सङ्घसंस्थाले विश्वविद्यालयका केन्द्रीय विभागसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्ने बताउनुभयो । 

by RSS | Feb 07