शिक्षा

img
१५ वर्षअघि भर्ना भएका विद्यार्थीलेसमेत +२ परीक्षा दिन पाउने  

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । उक्त तालिका सार्बजनिक सँगइ राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दा पछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ ।

by Anu Rana | Jan 29
img
कक्षा १२ र ११ को परीक्षा तालिका सार्बजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।

by Anu Rana | Jan 28
img
बोटे बस्तीका बालबालिकामा शिक्षाको लहर

तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् । स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटेका बालबालिका निन्तर स्थानीय विद्यालयमा गएर पठनपाठन गर्न थालेका हुन् ।

by RSS | Jan 28
img
कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले

by RSS | Jan 25
img
दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० जना यो विद्यालयमा भर्ना भएको शिक्षक बताउँछन् ।

by RSS | Jan 21
img
एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि सुरु

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते आइतबार देखी  सुरु भइ चैत्र २१ गते बिहिबार सकिने भ्एको छ । राष्ट्रिय परीक्षा बोर्डले समयतालिका पनि सार्वजनिक गरिसकेको छ ।

by Anu Rana | Jan 21
img
गाउँमै स्नातकोत्तरसम्मको पढाइ

गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुशी भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालू शैक्षिक सत्रबाट स्नातककोत्तरसम्मको पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरसम्मका लागि अनुमति दिएपछि चालू शैक्षिक सत्रबाट उक्त क्याम्पसमा पनि शिक्षाशास्त्र सङ्कायमा स्तातकोत्तरसम्म पढाइ हुने क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयो ।

by RSS | Jan 18
img
सहरजिष्ट्रार नियुक्तिको विरोध

पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्ट्रारमा नियुक्ति गरिएको र शैक्षिक योग्यताको परीक्षण नगरी उपप्राध्यापकको बढुवा गत जेठ २५ मा भएको विश्वविद्यालयसभाको कार्यादेश विपरीत भएको दाबी गर्नुभएको छ ।

by RSS | Jan 15
img
ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् । आफूहरुका लागि जाडोका लुगा दिन पुगेका नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका पदाधिकारी र सञ्चारकर्मीसँग न्यून दृष्टियुक्त विद्यार्थीले यस्तो माग गरेका हुन् ।

by RSS | Jan 14
img
लम्बियो पुस्तक प्रदर्शनी

आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो ।

by RSS | Jan 14
img
इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गर्नुभएको थियो ।

by RSS | Jan 13