शिक्षा

img
क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका पुस्तकमा पाठ्यसामग्री, डिस्नेरी (शब्दकोष), साहित्य र संस्कृत शिक्षा सम्बन्धी रहेको गुठीका अध्यक्ष दामोदरप्रसाद गैरेले जानकारी दिनुभयो । गुठीले अहिलेसम्म रु ३२ लाख ८६ हजार ६३३ मूल्य बराबरका २६ लाख ४६२ थान पुस्तक हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।

by RSS | Apr 17
img
सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै

सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिनुभयो ।

by RSS | Apr 17
img
सामुदायिक विद्यालय प्रविधिमैत्री

गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ ।

by RSS | Apr 17
img
त्रिविको बेरुजु रु २१ अर्बभन्दा बढी

चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷७५ को रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार थप भई चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको हो ।

by RSS | Apr 17
img
देशभर विद्यार्थी भर्ना अभियान शुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।

by RSS | Apr 16