शिक्षा

img
चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । 

by RSS | Mar 15
img
ब्राजिलको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार  

ब्राजिलको साओ पाउलो नजिकैको एक विद्यालयमा गोली चल्दा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचना अनुसार  घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

by Anu Rana | Mar 14
img
शिक्षकविनाका कम्प्युटर शिक्षा

चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् । 

by RSS | Mar 13
img
नेपाल भाषाको विद्यालय खोलिने

शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो ।

by RSS | Mar 12
img
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”,

by RSS | Mar 12
img
निजी विद्यालयलाई सेवामुखी बनाउने नीतिबीच प्याब्सन महाधिवेशन

निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको भनी अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने तयारी गरेकाले विद्यालय सञ्चालकमा लगानीको सुरक्षाको प्रश्न उठेको छ ।

by RSS | Mar 11
img
निजी स्रोतका शिक्षकका लागि एक करोड

पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ ।

by RSS | Mar 07
img
त्रिविविमा बेथितिको चाङ

त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । 

by RSS | Feb 26
img
एक वर्षेे उपलब्धि : शिक्षामा रूपान्तरणको सङ्केत

वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र स्वीकृत कार्ययोजनाका आधारमा सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा कानूनी र नीतिगत सुधारका सङ्केत देखिएका हुन् । 

by RSS | Feb 21
img
शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ । अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन् । चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन् ।

by RSS | Feb 14
img
मुस्ताङमा शैक्षिक सत्र शुरु

मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ । जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको

by RSS | Feb 14