मनोरन्जन

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।

by RSS | May 15
img
प्रथम बाजुरा महोत्सव हुँदै

उद्योग वाणिज्य सङ्घ बाजुराले जेठ ३ देखि ९ गतेसम्म प्रथम बाजुरा महोत्सव आयोजना गर्न लागेको छ । बाजुरा जिल्लामा पहिलो पटक हुन लागेको यस महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुलाई ल्याउने तयारी भइरहेको छ । सङ्घका अध्यक्ष देवबहादुर रोकायाका अनुसार महोत्सवको तयारी पूरा भएको छ ।

by RSS | May 15
img
उद्यमशील एक्सपो बुधबारदेखि

व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाडौँमा हुने भएको छ । जेठ २ गतेसम्म दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने उक्त एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका करीब ६० समूह सहभागी हुने छन् ।

by RSS | May 15
img
बुद्ध जयन्तीको तयारी पूरा

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा गरिएको छ ।

by RSS | May 15
img
नवौंँ राष्ट्रिय ललितकला प्रदर्शनी जेठ २ देखि

नियमित रुपमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले आयोजना गर्दै आएको ललितकला प्रदर्शनी आगामी जेठ २ गतेदेखि सञ्चालन हुने भएको छ । परिषद्ले हरेक वर्ष वैशाख २ गतेदेखि सञ्चालन गर्दै आएको प्रदर्शनी गोरखा भूकम्पले नाफाको भवन क्षतिग्रस्त बनाइदिएपछि ढिला हुन लागेको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

by RSS | May 13
img
जानकीको जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइँदै

माता जानकीको जन्मजयन्ती सोमबार प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइँदैछ । माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ । यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यसअवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।

by RSS | May 13
img
कृषि हाट बजारको निर्माण शुरु

स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।

by RSS | May 12
img
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६÷७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ ।

by RSS | May 12

Whoops, looks like something went wrong.