मनोरन्जन

img
कालीगण्डकीमा जलयात्रा शुरु

वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो । पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी रिभरबिच क्याम्पका सञ्चालक होम पुनले बताउनुभयो ।

by RSS | Oct 05
img
पुरुष टोली विजयी

जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरियतामा ११८औँ स्थानमा रहेको नेपालले ११५औँ बरियताको

by RSS | Oct 02
img
अपेक्षा बनिन् मिस मुस्ताङ

थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । 

by RSS | Sep 24
img
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको आवेदन फाराम भरेर पठाउनुपर्ने छ । चित्र यही असोज १ गतेदेखि १५ सम्म सोसाइटीको वेबसाइटमा पठाइसक्नुपर्ने अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । विद्यार्थीले पठाएका चित्रमध्ये निर्णायकबाट २० वटा छनोट

by RSS | Sep 19
img
बुद्धिचाल प्रतियोगिता

नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका अध्यक्ष राजकुमार लघुले कमलविनायकस्थित बक्सिङ हलमा मङ्गलबार र बुधबार प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । उक्त प्रतियोगितामा १४ जिल्लाका ६८ खेलाडीको सहभागिता रहने छ । 

by RSS | Sep 17
img
‘बस स्टप’ नाटक प्रदर्शन

परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो ।

by RSS | Sep 10