सरकार

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।

by Anu Rana | May 21
img
विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ ।

by RSS | May 21
img
प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।

by RSS | May 21
img
घरबास सञ्चालन हुने

हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे सञ्चालनका लागि केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको योजनाबमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य शुरु गरेको छ ।

by RSS | May 21
img
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ : शाह

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ । सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो ।

by RSS | May 21
img
विश्व नापतौल दिवस

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिनुभयो ।

by RSS | May 21
img
‘समान कामका लागि सामान व्यवहार’ स्थापित हुनुपर्छ : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

by RSS | May 21
img
इराकमा अमेरिकी दूतावास नजिक बम विस्फोट

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतवार विस्फोटको भएको छ । स्पुटनिक समाचार समितिका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको जानकारीमा आएको भने छैन ।

by Anu Rana | May 20
img
भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

by Anu Rana | May 20
img
फोहोर फिर्ता लैजान क्यानडालाई फिलिपिन्सले दियो दबाब

फिलिपिन्सले ५ वर्ष अघिको फोहोर विवादका कारण क्यानडास्थित राजदूतलाई फिर्ता बोलाएको छ । क्यानडाले फिलिपिन्समा ६ वर्ष अघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सिनले बताउनुभएको छ ।

by Anu Rana | May 20
img
ग्रेटवाल, रञ्जना लिपि र आश्चर्यहरू

चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपि भेटिनु नेपालीहरूका लागि अर्को आश्चर्य बनेको छ । यो लिपि नेवारी भाषाको सबैभन्दा पुरानो लिपि र यस अर्थमा नेपालको पुरानो लिपि हो, ग्रेटवालजस्तो प्राचीन मानव निर्मित पर्खालमा यो लिपि भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको कौतुहलता नै जागेको छ ।

by Anu Rana | May 20
img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

by RSS | May 17
img
‘कानून हेरेर फैसला गर्दा कहिलेकाहीँ जनचाहनाअनुरुप हुँदैन’

सर्वोच्च अदालतका न्यायाधीश हरकिृष्ण कार्कीले संवधिान र कानूनलाई ध्यानमा राखेर न्यायालयबाट फैसला गर्नुपर्ने हुँदा कहलिेकाहीँ जनसमुदायको इच्छाअनुरुप नहुने बताउनुभएको छ । सर्वोच्च अदाललते आयोजना गरेको न्यायपालकिाको चौथो रणनीतकि योजना तर्जुमासम्बन्धी छलफलमा उहाँले कुनैकुनै फैसला गर्दा संवधिान र कानूनअनुसार जाँदा नागरकिको चाहनाअनुरुप हुन नसेको सुनाउनुभयो ।

by RSS | May 17
img
मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट गर्नुभयो ।

by RSS | May 17
img
निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित

निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो ।

by RSS | May 17
img
विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित

म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ ।

by RSS | May 17
img
मन्त्रीको निर्देशनपछि श्रमिक काममा फर्किने

तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् ।

by RSS | May 17
img
मुख्यमन्त्री पौडेलद्वारा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्व नेता मदन भण्डारी तथा जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँहरुको २६ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देशमार्फत् श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । सन्देशमा मुख्यमन्त्री पौडेलले ‘जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नवीन विचारक जननेता मदन भण्डारी तथा कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि’ उल्लेख गर्नुभएको छ ।

by RSS | May 17
img
नेपाल–भारत सीमा नाका बन्द हुने

भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

by RSS | May 17
img
सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रमको आयोजना गरेको छ । शिक्षाका लागि विश्व कार्यसप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नाटक, गीत, कविता र राजनीतिक नेताको प्रतिबद्धताका माध्यमबाट सामुदायिक शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा व्यापारीकरण अन्त्य गर्न आह्वान गरिएको थियो ।

by RSS | May 17