सरकार

img
पहिलो ओमानी सगरमाथा आरोही खालिदको निधन  

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही खालिद अल शियाबीको निधन भएको छ । ओमानबाट उनी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी आरोही हुन् ।

by Anu Rana | May 03
img
थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह  

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।

by Anu Rana | May 03
img
आगामी वर्ष नेपाली पत्रकारिता सुरक्षा र सम्मानको वर्ष हुनेछः मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ । सोह्रौँ अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो।

by RSS | May 03
img
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

by RSS | May 03
img
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि : मन्त्री केसी

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो ।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03
img
श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीलाई एकसाथ यात्रा नगर्न चेतावनी  

श्रीलंकाको गुप्तचर संस्थाले सम्भावित आतंकवादी हमलाको सूचनापछि केहि हप्ता देशका शीर्ष नेतृत्वलाई एकसाथ यात्रा नगर्न चेतावनी दिएको छ ।  गुप्तचर संस्थाले एक मीडिया रिपोर्टमा बुधवार चेतावनी दिएको छ ।

by Anu Rana | May 03
img
हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

by Anu Rana | May 03
img
मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीको नागरिक अभिनन्दन हुने

प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलाई नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ । महासङ्घ मोरङका अध्यक्ष मिलनकुमार राईले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशनको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिनुभयो ।

by RSS | May 02
img
नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको

मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ ।

by RSS | May 02
img
प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको थालनी

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ । ‘डिजिटल नेपाल ः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गर्नुभएको हो ।

by RSS | May 02
img
राजधानीमै एघार वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध

राजधानी बाहिर प्रसारण लाइन निर्माणमा अवरोध हुने र गरिने विषय सामान्य जस्तै हुन थालेको छ । कहीँ वनको समस्या, कहीँ जग्गाप्राप्तिको समस्या । निर्माण व्यवसायीले काम नगर्दा पनि आयोजनाले गति लिनसकेका छैनन् । तर, राजधानीभित्रै प्रसारण लाइन निर्माणमा अवरोध भयो भन्ने विषय भने सामान्य मान्न सकिँदैन ।

by RSS | May 02
img
सरकारको ध्यान कर्णालीमा हुनुपर्छ : डा सङ्ग्रौला

प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले सरकारले कर्णाली प्रदेशको समृद्धि र विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । “कर्णालीको भौगोलिक विकटताका कारण अहिले पनि यहाँका नागरिकको जीवनशैलीमा कति पनि परिवर्तन हुन सकेको छैन्,” कर्णाली जागरण अभियानका क्रममा दैलेख आइपुग्नुभएका डा सङ्ग्रौलाले भन्नुभयो, “कर्णालीमा छरिएर रहेको बस्तीका कारण शिक्षा, स्वास्थ्य तथा रोजगारीको पहुँच पुग्न सकेको छैन ।

by RSS | May 02
img
विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती: महासङ्घ

नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ ।

by RSS | May 02
img
नीति तथा कार्यक्रम भोलि

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।

by RSS | May 02
img
बजेट बनाउन पालिकाले थाले छलफल

जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो । जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् ।

by RSS | May 02
img
‘तातोपानी नाका पुनः खोलेकोमा धन्यवाद’ : परराष्ट्रमन्त्री ज्ञवाली

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभएको छ ।

by RSS | May 02
img
जापानका राजा अकिहितोले गद्दी त्यागे

जापानका सम्राट अकिहितोले ८४ वर्ष उमेरमा मंगलबार आफ्नो गद्दी त्यागेका छन्।  जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् ।

by Anu Rana | May 02
img
डुब्न लागेको जकार्ता सारिँदै

इन्डोनेसियाले आफ्नो राजधानी जकार्तालाई अन्यत्र सार्ने निर्णय गरेको छ । वायु प्रदूषण र ट्राफिक जाममा जुधेको जकार्ता डुब्दै जान थालेपछि यसलाई सार्ने निर्णय गरिएको छ ।

by Anu Rana | May 02
img
उत्तर कोरियामा चरम खाद्य संकट

प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ ।

by Anu Rana | May 02