सरकार

img
जिफन्ट श्रम अडिट : श्रम कानूनको पालना भएनन्

सरकारले श्रमिकमैत्री कानूनको निर्माण गरी कार्यान्वयनलाई तीव्रता दिइएको बताइरहेको बेला अझै पनि श्रमिकले श्रम कानूनमा भएका सेवा, सुविधा तथा अधिकार उपभोग गर्नबाट वञ्चित भएको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर ५९ वटा ठूला औद्योगिक प्रतिष्ठानमा गरेको सर्वेक्षणमा श्रम कानूनले निर्दिष्ट गरेको अधिकार प्रयोग गर्न नपाएको देखिएको छ ।

by RSS | Apr 30
img
भूमिको विशिष्टतालाई उपयोग गरिँदै

सरकारले भौगोलिक एवं पर्यावरणीय विविधता कायम राख्न भौगोलिक विशिष्टता तथा सम्भावनाका आधारमा भूमिलाई उपयोग गर्न प्रोत्साहन गर्न भएको छ । पछिल्लो समयमा बढ्दो भू–स्खलन, भू–क्षय तथा उच्च जनसङ्ख्या वृद्धि र बसाइँसराइका कारण जमीनमा परिरहेको प्रतिकूल प्रभावलाई नियन्त्रण गर्न देशभर रहेका भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय, कृषि क्षेत्रका सम्भाव्यता बोकेका जमीनलाई सोहीअनुसार संरक्षण गरिने छ ।

by RSS | Apr 30
img
बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

by Anu Rana | Apr 30
img
श्रीलंकामा कपडाले अनुहार छोप्न नपाइने

श्रीलंका सरकारले नयाँ कदम चालेको छ जहाँ अनुहार ढाक्ने सबै कपडा तथा पहिरनमा प्रतिबन्ध लगाएको छ । ईस्टर सन्डे पर्वको दिन भएको चरमपन्थी आक्रमणपछि सरकारले यो कदम चालेको हो ।

by Anu Rana | Apr 30
img
कमिलाको पनि पार्सल

चीनमा बेलायतबाट आएको एक मेल पार्सलमा कमिला भेटिएको छ । चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार ‘पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएको हो ।

by Anu Rana | Apr 30
img
प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने

प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।

by RSS | Apr 30
img
हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं: महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभएको छ ।

by RSS | Apr 30
img
एउटा रुग्ण जलविद्युत् आयोजना : यसरी भयो सफल

कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थपियो । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरे । समयमै सम्पन्न गर्ने उद्घोष पनि गरे । तर आयोजनाले गति लिन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।

by RSS | Apr 30
img
राष्ट्रपति ल्हासामा

विशेष समाचारदाता सुरेन्द्रबहादुर नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।

by RSS | Apr 30
img
नीय तहमा रिक्त पदपूर्तिका लागि विवरण पठाउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत किरण थापाले जानकारी दिनुभयो । उहाँले सबै स्थानीय तहलाई यही वैशाख २० गतेभित्र रिक्त पदपूर्तिका लागि माग आकृति फाराम भरी पठाउन निर्देशन दिइएको बताउनुभयो ।

by RSS | Apr 30
img
चामलको गेडामा तीन देशको झण्डा

नारायण ढुङ्गाना क्यान्भास, लोक्ता वा नेपाली कागजमा चित्रकला प्रसस्तै भइरहन्छ । दृश्यचित्र होस् या मुहार चित्र, थान्का वा पौभा चित्र ठूलाठूला आकारमा बनाउनु सामान्य हो र धेरै चित्रकारले यस्ता चित्र बनाइरहेका छन् । एउटा चालमको गेडोमा निकै कम कलाकारले चित्र कोर्ने कलाकार बिरलै होलान् । त्यसमाथि पनि तीन तीन देशका झण्डा एउटै चालमको गेडोमा अटेको छ ।

by RSS | Apr 30
img
महिला र पुरुष : संविधानमा समान, ज्यालामा चरम विभेद

नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ ।

by RSS | Apr 29
img
एक अर्ब ५३ करोड राजस्व

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ ।

by RSS | Apr 29
img
समृद्धिको प्रमुख आधार पर्यटन–मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क आज शिलान्यास गर्दै उहाँले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भन्नुभयो ।

by RSS | Apr 29
img
मेलमिलापले न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माण गर्नेछ : प्रधानन्यायधीश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मेलमिलापमार्फत विवादको समाधान गर्दा दुवै पक्षबीच सम्बन्ध सुधार गर्नुका साथै न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गदै उहाँले विवादको निरुपण गर्दा छोटो समय, कम खर्चमा हुने भएकाले मेल मेलमिलाप पद्धतिलाई जोड दिनुपर्ने बताउनुभयो ।

by RSS | Apr 29
img
मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुरुपको आयोग गठन गर्न सरकासँग माग

द्वन्द्वपीडित तथा नागरिक समाजले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वअनुरुपको आयोग गठन गर्न सरकासँग माग गरेका छन् । द्वन्द्वपीडित एवं मानवअधिकारकर्मीले आज यहाँ आयोजना गरेको खबरदारी कार्यक्रममा सहभागीले यसअघिको ऐन अन्तर्राष्ट्रिय दायित्वअनुरुप नभएको भन्दै सरकासँग माग गरेका हुन् ।

by RSS | Apr 29
img
मुद्दा मिलाउन सक्रिय बन्दै मेलमिलापकर्ता

न्यायिक समितिमा दर्ता भएका मुद्दाको छिनोफानो गर्न वालिङ नगरपालिकाले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । स्थानीयस्तरमा देखिएका विवादलाई छिटो छरितो समाधान गर्नका लागि मेलमिलापकर्तालाई सक्रिय बनाइएको वालिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कल्पना तिवारीले बताउनुभयो ।

by RSS | Apr 29
img
बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो

मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पु¥याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ ।

by RSS | Apr 28
img
प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्

प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन ।

by RSS | Apr 28
img
अमेरिकी राष्ट्रपति ट्रम्पलाई मोवाइलले झटारो हानियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लक्षित मोबाइल प्रहार भएको छ। सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ त्यसमा राष्ट्रपति ट्रम्पमाथि मोवाइल प्रहार भएको देखिन्छ । शुक्रबार इन्डियाना राज्यमा बन्दुक राख्न पाउनु पर्ने पक्षको भेलामा ट्रम्पमाथि मोबाइल फोन प्रहार भएको हो ।

by Anu Rana | Apr 28