सरकार

img
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४/७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट

by RSS | Sep 09
img
नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदानप्रदानले

by RSS | Sep 09
img
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो ।

by RSS | Sep 09
img
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गर्नुभयो ।

by RSS | Sep 09
img
बैतडीका ५० वडा सचिवविहिन

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको

by RSS | Sep 09
img
कतारमा हट्यो ‘एक्जिट परमिट’, नेपाली कामदारलाई पनि फाइदा  

कतारले विवादित ‘एक्जिट भीसा’ सम्बन्धि नियम हटाउने विधेयक मंगलबार पारित गरेको छ । जसअन्तर्गत अब विदेशी कामदारहरुले देश छाड्नका लागि रोजगारदाताको अनुमति लिनुपर्ने छैन । दोहामा यसैवर्ष स्थापित संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रमिक संगठन, ‘आइएलओ’ ले यसबारे आधिकारिक घोषणा गरेको हो ।

by Anu Rana | Sep 09
img
निर्मला पन्तको घरमा आईजीपी खनाल,

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्। बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गर्दै यस्तो बताएका हुन्।

by Anu Rana | Sep 09
img
झोलुङगे पुल निर्माण

रु ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु ६७ लाख ४८ हजार ४४४ को लागतमा पुल निर्माण सम्पन्न भएको बबिया ढिक झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

by RSS | Sep 09
img
स्थानीय सरकारको शैक्षिक विकास अभियान

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो । गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिनुभयो

by RSS | Sep 07
img
रामधुनीलाई रामायण परिपथमा जोड्न पहल

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले उक्त परिपथको अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउनुभएका बखत त्यसमा

by RSS | Sep 07
img
गुणस्तर सुनिश्चित गर्न सचेतनामूलक कार्यक्रम 

खाद्य मानिसको जीवन जीउने आधार हो । खाद्यबिना मानिसको जीवनको कल्पना गर्न सकिँदैन । यस्तै, स्वस्थ रहनका लागि सुरक्षित खाना खानु निकै आवश्यक छ । खानाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

by Anu Rana | Sep 07
img
विकास समितिको प्रश्न : बाहिरी चक्रपथको काम किन रोकियो

संसदीय समितिले बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको बिकास तथा प्रविधी समिति बैठकले बाहिरी चक्रपथ अन्र्तगत चोभारदेखि सतुङगलसम्म ६ दशमलव ६ किलोमिटरको काम रोकिएपछि समितिले शहरी विकास मन्त्रालयलाई कारण पेश गर्न निर्देशन दिएको हो ।

by Anu Rana | Sep 07
img
बालिका बलात्कार गर्ने जेल चलान

जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो ।

by RSS | Sep 06
img
अनुदान लिने न्यून

जिल्लाका एक तिहाइ भूकम्पपीडितले मात्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिएका छन् । दुई तिहाइ भूकम्पपीडित अहिलेसम्म अनुदानको दोस्रो किस्ता लिन सम्पर्कमा आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सात सय ८० जनाले पहिलो किस्ता अनुदान लिएका छन् । हालसम्म २४४ भूकम्पपीडितले मात्र दोस्रो किस्ताबापतको अनुदान लिएको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।

by RSS | Sep 06
img
फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उहाँले भन्नुभयो, “परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका

by RSS | Sep 06
img
सडक स्तरोन्नति

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।करिव रु ५० लाख सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्र्भट निर्माण तथा

by RSS | Sep 06
img
नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक हिजोदेखि राजधानीमा शुरु भएको छ । प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिनुभयो ।

by RSS | Sep 06