सरकार

img
राजश्व सङ्कलनमा वृद्धि

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड ९६ लाख ४९ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो । कार्यालय प्रमुख लीलाप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार यसरी

by RSS | Dec 11
img
नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत छ वटा गाउँ तथा नगरपालिकाबीच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र जर्मन सहयोग नियोग (जिआइजेड) संयुक्तरुपमा सञ्चालित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा (रेरा) कार्यक्रममार्फत सुदूर पश्चिम प्रदेशका साझेदार शुक्लाफाँटा

by RSS | Dec 11
img
कामपाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने

काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको हो । 

by RSS | Dec 11
img
पुल बनाउन स्वीकृति

लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो । 

by RSS | Dec 11
img
सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ । डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो । 

by RSS | Dec 11
img
चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन

चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका

by RSS | Dec 11
img
फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै  

 इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यान्युल माँक्रोनको राजीनामा माग गरेका छन्। 

by Anu Rana | Dec 10
img
हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क

हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी दिनुभयो । 

by RSS | Dec 10
img
सांसद विकास कोषको रकम सडकमा

सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन् । रु चार करोडमध्ये करीब रु तीन करोड सडकमै छुट्याइएको छ ।

by RSS | Dec 10
img
साढे तीन हजार मुद्दा फछ्र्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ । भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा अख्तियारले परेका उजुरीमध्ये तीन हजार ६५२ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । मुद्दा दर्ता र फछ्र्यौटबारे जानकारी दिँदै कार्यालयले पछिल्लो समय उजुरी बढिरहेको बताएको छ ।

by RSS | Dec 10
img
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।

by RSS | Dec 09
img
रामपुरमा पचास शय्याको सरकारी अस्पताल भवन बन्दै

पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हुँदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित क्षमता बढाएर ५० शय्याको

by RSS | Dec 09
img
भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण

भूकम्पले क्षति पु–याएर नयाँ घरनिर्माण गरेका यहाँका लाभग्राहीलाई तेस्रो किस्ता वितरण गर्न थालिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो । अहिलेसम्म पर्वतमा १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लगेका छन् । सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको

by RSS | Dec 09
img
ज्येष्ठ नागरिकलाई पाँच हजार

पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताउनुभयो । दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ ।

by RSS | Dec 07
img
नागरिक उड्डयनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्ने

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विहान प्रभातफेरी आयोजना ग–यो । सिनमामङ्गलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म गरिएको प्रभातफेरीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा,

by RSS | Dec 07
img
नगरकोटबारे चार नगरको निर्णय

पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई दुवै सिमानामा पर्ने

by RSS | Dec 07
img
कामपाका वडा कार्यालय भवन निर्माणमा एकरुपता

काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो । नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य

by RSS | Dec 07
img
कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । 

by RSS | Dec 07
img
पशु तथा कृषि बाली बीमासम्बन्धी प्रशिक्षण

सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ । पशु तथा कृषि बीमाको आवश्यकता, महत्व र कृषिबालीमा लाग्ने रोग कीराको बारेमा जानकारी गराउने उद्देश्यले किसानलाई प्रशिक्षण दिइएको हो । कृषि विकास शाखा सिरहाको आयोजनामा लहानमा सञ्चालन गरिएको तीन दिने सो तालीममा २५ अगुवा किसानको सहभागी थियो ।

by RSS | Dec 06
img
धितोपत्र बजारसम्बन्धी अध्ययन गराउन बोर्डको आग्रह

पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

by RSS | Dec 06