सरकार

img
हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन,

by RSS | Apr 10
img
नेपाल–जर्मनी सम्बन्ध : नवीकरणीय ऊर्जा प्रदर्शनी

नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका उपलक्ष्यमा जर्मनीले यही चैत २९ देखि आगामी वैशाख १३ गतेसम्म ललितपुरमा नवीकरणीय ऊर्जासम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ । पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा आयोजना हुने प्रदर्शनीमा ऊर्जाका स्रोत, तिनको उपयोगबाट हासिल हुने ऊर्जा, सौर्य ऊर्जालगायत क्षेत्रमा

by RSS | Apr 10
img
भ्रष्टाचार आरोपमा मलेसियालीका पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाह पक्राउ

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको हो ।

by Anu Rana | Apr 10
img
‘म्युलर प्रतिवेदन अर्को साता सार्वजनिक हुन्छ’

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेप भएको आरोपबारे पूर्व संघीय अनुसन्धान प्रमुखसमेत रहेका रोबर्ट म्युलरले केही हप्ता पहिले अमेरिकी महान्यायाधिवक्ता बिल बारलाई बुझाएको प्रतिवेदन अर्को हप्ता सार्वजनिक हुने बताइएको छ ।

by Anu Rana | Apr 10
img
नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै

नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार(छाला)कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् ।

by RSS | Apr 10
img
इरानी सेनालाई अमेरिकाले गर्‍यो आतंककारी संगठन घोषणा  

अमेरीकाले  इरानको  रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) अर्थात् क्रान्तिकारी संगठनलाई विदेशी आतंकी संगठन घोषणा गरेको छ । अमेरिकाले कुनै पनि देशको सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलो पटक हो ।

by Anu Rana | Apr 09
img
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी

औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युत्भार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत् लिने गरेका थिए । घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई विद्युत् दिएको भन्दै चर्को आलोचनासमेत भएको थियो ।

by RSS | Apr 09
img
त्रिपोलीमा भएको संघर्षमा कम्तीमा २१ जनाको मृत्यु

लिबिया सरकारले राजधानी त्रिपोलीमा भएको संघर्षमा कम्तीमा २१ जनाको मृत्यु भएको जनाएको छ । यसअघि राष्ट्रसंघले संघर्षमा घाइते भएको र सर्वसाधारणको उद्दारका लागि दुई घण्टा युद्धविरामका लागि आग्रह गरेपछि भिडन्त जारी छ ।

by Anu Rana | Apr 09
img
पुलको खम्बामा डुङ्गा ठोकिएपछि ब्राजिलकाे परा राज्यमा सङ्कटकाल घोषणा

 ब्राजिलमा फेरीडुङ्गा दुर्घटना भएको छ । उत्तर ब्राजिलको पारा राज्यमा पुलको खम्बामा डुङ्गा ठोकिएपछि मोजु नदिका दुई सय मिटर पुल भत्किएको हो।

by Anu Rana | Apr 09
img
चिट चोराउनेलाई २ वर्ष जेल, डेढ करोड जरिवाना

 अस्ट्रेलियाका सञ्चारमाध्यम एसबीएसका अनुसार चोरी गर्न वा परीक्षा उत्तीर्ण गर्न अनलाइनमार्फत सघाउनेलाई जेल सजायका साथै २ लाख डलर (करिब १ करोड ६० लाख) सम्म जरिवाना हुनेछ।

by Anu Rana | Apr 09
img
कामपामा विद्यार्थी भर्ना अभियान

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने

by RSS | Apr 09
img
लोकतान्त्रिक मूल्यमान्यता प्रवद्र्धन

सभामुख कृष्णबहादुर महराले नेपालको संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै आएको बताउनुभएको छ । कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को १४० औँ सभाअन्तर्गतको ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् मञ्च’ विषयको सत्रलाई गएराति सम्बोधन गर्दै उहाँले मानवअधिकार, समानता र कानूनी शासनको संरक्षणमा पनि संसद्ले उपयुक्त भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

by RSS | Apr 08
img
खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”

by RSS | Apr 08
img
कामपाको चौथो नगरसभा सम्पन्न

काठमाडौँ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ ।कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक ऐन–२०७५, सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन– २०७५ स्वीकृत गरेको हो

by RSS | Apr 08
img
अख्तियारको टोलीद्वारा फाइल नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी दुई स्थानमा नदीजन्य सामग्री

by RSS | Apr 08
img
बेलायतद्धारा युरोपेली संघ नलेखेको राहदानी जारी

बेलायतले आफ्नो राहदानीको कभरबाट ‘युरोपियन युनियन’ हटाएको छ । बेलायत युरोपेली संघबाट बहिगर्मन (ब्रेक्जिट) प्रक्रिया लम्बिरहँदा बेलायती पासपोर्टमा भने ‘युरोपियन युनियन’ शब्द हटाइएको हो । गत ३० मार्चदेखि बरगन्डी रंगको पासपोर्ट कभरमा ‘युरोपियन युनियन’ हटाएर नयाँ बेलायती राहदानी जारी हुन थालेका हो।

by Anu Rana | Apr 08
img
पर्व समय सुधार गर्न माग

पर्व सुधार गर्न भनी मन्त्रिपरिषद्ले १० वर्ष अघि गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । विसं २०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले २०६६ सालको सौर चैत्र महीनालाई हटाई वि सं २०६७ वैशाख शुरु गर्ने निर्णय गरेको थियो । २०६७ वैशाखमा पर्ने अधिकमासलाई साधारण सरह गरी चान्द्र मासअनुसार मनाइने पर्व एक महीना वर सार्ने मन्त्रिपरिषद्को निर्णय थियो ।

by RSS | Apr 07
img
गुहेश्वरी गणमा ७५ प्रहरी दीक्षित

सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा सशस्त्र प्रहरी जवानको १० महीने तालीम समापनको दीक्षान्त समारोहमा ७५ प्रहरी जवान दीक्षित भएका छन् । गणले आज आयोजना गरेको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राईले तालीम समापन गरेका जवानलाई दीक्षित गर्नुभएको हो । उहाँले तालीम अवधिमा उत्कृष्ट हुने दीपक पुन मगरलाई खुकुरी र कवाजमा प्रथम हुने रोशन पुरी, चाँदमारीमा प्रथम हुने

by RSS | Apr 07
img
गुणस्तर चिन्ह लिने बढ्दै

आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।

by RSS | Apr 07
img
समस्यामा फसेको कोशी करिडारको काम शुरु

लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक÷पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण

by RSS | Apr 07