सरकार

img
राष्ट्रियसभा नियमावली पारित

राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिनुभएको थियो ।

by RSS | Mar 14
img
संविधानको मर्मअनुसार राउतसँग सम्झौता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै

by RSS | Mar 14
img
नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या

मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ । लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो । मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू हुने गरी सेवाग्राही आफैँले फारम भर्ने व्यवस्था लागू गरिएको

by RSS | Mar 14
img
जनकपुर–जयनगर रेल चलाउने तयारी

वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो ।

by RSS | Mar 14
img
पश्चिम अफगानिस्तानमा भिडन्त, ११ सुरक्षा अधिकारीको मृत्यु  

अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

by Anu Rana | Mar 13
img
दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्लाक बक्स’ भेटियो

आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जानकारी दिएको छ। 

by Anu Rana | Mar 13
img
ट्रम्पले पर्खाल बनाउन ८ अर्ब मागे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ ।  

by Anu Rana | Mar 13