सरकार

img
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

by RSS | Feb 08
img
नीतिगत कमजोरीले बेरुजु बढ्यो

नीतिगत कमजोरीका कारण मुलुकमा बेरुजु रकम बढेसँगै आर्थिक सुशासनमा गम्भीर चुनौती थपिएको छ । सम्बन्धित निकायको ताकेता र सरोकार भएका निकायको सक्रियताकैबीच पनि बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्नुले वित्तीय सुशासन र आर्थिक पारदर्शीता थप कमजोर बनेको छ । सरकारी कार्यालय, संवैधानिक अङ्ग तथा सङ्गठित निकाय, स्थानीय तह आदिमा बेरुजु बढ्दो देखिन्छ । 

by RSS | Feb 08
img
विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै कामपा

काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार गर्ने तयारी थालेको हो । एउटा वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालीम सञ्चालन गरिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

by RSS | Feb 08
img
आयरल्यान्डसँगको सीमामा कडाइ गर्दै बेलायत

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन् ।

by Anu Rana | Feb 08
img
बेरुजु फछ्र्याैट प्रभावकारी बनाउन लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण गराउन सम्बन्धित तालुक निकायलाई निर्देशन दिएको हो ।

by RSS | Feb 07
img
जापानी पत्रकारलाई यमन जान रोक

जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ ।

by Anu Rana | Feb 07
img
निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउनुपर्ने

राष्ट्रिय सतर्कता केन्द्रले निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई कानूनी दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्षिक प्रतिवेदन बुझाउँदै निजी क्षेत्रमा भएका भ्रष्टाचारजन्य क्रियाकलापलाई पनि कानूनी दायरामा ल्याउन सुझाव दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निजी क्षेत्रमा ठूलो भ्रष्टाचार हुने गरेको भन्दै आफ्ना हरेक प्रतिवेदनमा निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि कानून

by RSS | Feb 06
img
वाणिज्य सन्धिमा बहस गर्दै दुवै देशका अधिकारी

नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हँुदैछ । भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले राससलाई बताउनुभयो ।

by RSS | Feb 06
img
अरु निकाय जस्तो गरेर हेरिनु हुन्न !

प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले संवैधानिक अङ्गको स्वायत्ततामा असर पुग्ने ढङ्गबाट कानून संशोधन नगर्न सरकार र समितिलाई सल्लाह दिनुभएको हो ।

by RSS | Feb 06
img
थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो । मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान गरिएको छ । थाइल्याण्ड सरकारले रु १७ करोड सहयोग गरिसकेको मन्दिर पुनःनिर्माण समितिका सदस्य सचिव डा लोचन रिजालले जानकारी दिनुभयो । 

by RSS | Feb 06
img
फैसला कार्यान्वयनमा समस्या

अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले चालू आव २०७५/७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिए पनि दाङमा त्यसअनुरुपको प्रगति हुनसकेको छैन । यस वर्ष विगतजस्तै न्यून मात्रामा फैसला कार्यान्वयन भएका छन् । जिल्ला अदालतले दशकौँ अघि फैसला गरे पनि कार्यान्वयन हुननसकेका मुद्दा यस वर्ष पनि कार्यान्वयन हुन बाँकी छन् ।

by RSS | Feb 06
img
स्वदेशमै रोजगारीको अवसर जुट्दै

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउन लागेको हो ।

by RSS | Feb 06
img
राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ । पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिर विवाद र क्षेत्रीय स्थायित्व’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावनाबमोजिम जनमत सङ्ग्रह हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड दिनुभयो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय प्रगति र समृद्धिका निम्ति अपरिहार्य छ

by RSS | Feb 05
img
पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ । 

by RSS | Feb 05
img
बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

by RSS | Feb 05
img
गरीबी न्यूनीकरणमा केन्द्रित भूमि नीति ल्याइँदै

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन

by RSS | Feb 01
img
भ्रष्टाचार अभियोगमा मुद्दा दायर

नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको

by RSS | Feb 01
img
कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने

अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।

by RSS | Jan 31
img
विमानस्थलको काम द्रुत गतिमा

तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ । 

by RSS | Jan 31
img
इलाकाबाटै द्रुत राहदानी सिफारिश

जिल्लाको पश्चिम क्षेत्रमा रहेर तीन स्थानीय तहमा सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले द्रुत राहदानी सिफारिश शुरु गरे पछि पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको छ । विगतमा सदरमुकाम जानुपर्ने खर्च तथा सिफारिश फारम फोटोसमेत करीब रु ५०० खर्च हुने गरेकोमा इलाका प्रशासन चन्द्रौटाले फारम निःशुल्क गरेको तथा फोटोसमेत पुरानो जुनकुनै भए पनि सिफारिश

by RSS | Jan 30